शर्तसहित खुकुलो भएको लकडाउनमा के खुल्छ के खुल्दैन

पाल्पा । कोरोना भाइरस संक्रमण रोकथामका लागी जारी लकडाउनले सर्वसाधरण नागरिक र सिङ्गो देशकै आर्थिक क्रियाकलाप ठप्प बनेपछि सरकारले विभिन्न शर्तसहित खुकुलो बनाउने नीति लिएको छ ।

८० दिन लामो लकडाउन मन्त्रिपरिषद्को बुधबार अबेर रातीसम्म बसेको बैठकले खुकुलो पार्ने २१ दिने योजना सार्वजनिक गरेको हो । कोरोना भाइरस रोकथाम नियन्त्रण उच्चस्तरीय समन्वय समितिको प्रस्ताव अनुसार मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको हो ।
सार्वजनिक भएको २१ दिने योजनामा सर्बसाधारणले कस्ता गतिविधि संचालन गर्न पापाउछन् र कस्ता गतिविधिमा प्रतिबन्ध जारी छ । हेरौ ।
सञ्चालनमा आउने क्षेत्र :

  • स्वास्थ्यसँग सम्बन्धित सबै सेवा (निजी क्लिनिक समेत) ।
  • कृषि क्षेत्र : उत्पादनदेखि वितरणसम्म ।
    उद्योग व्यापार, व्यसाय, पसल, डिपार्टमन्ट स्टोर्स खुल्ला गर्ने ।
  • सबै प्रकारका ढुवानीहरु सञ्चालनमा ल्याउने ।
  • व्यक्तिको पैदल आवागमन खुला ।
  • साइकल र मोटरसाइकल (मोटरसाइकलमा १ जना) सवारी गर्न पाइने ।
  • उपत्यकाभित्रको हकमा उपत्यकाका तीन जिल्ला र अन्य जिल्लामा सम्बन्धित जिल्लाभित्रका निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू हुने ।
  • फोहारमैला व्यवस्थापन काम यथावत रुपमा अगाडि बढ्ने ।
  • बैंक तथा वित्तीय संस्था खुल्ला ।
  • नर्सरी र वनजन्य उद्यमहरु ।
  • विकास आयोजनाहरु ।
  • रेस्टुरेन्टबाट खानेकुरा लैजान पाइने (टेक अवे सर्भिस) ।
  • क्वारेन्टिनका लागि तोकिएका होटल र यातायात सञ्चालन गरिने ।
  • सरकारी कार्यालयहरु सञ्चालन गरिने ।
  • शिक्षण संस्थाका कार्यालय सञ्चालन गरिने । (पठनपाठन बाहेक)
  • गैरसरकारी संस्थाका कार्यालयहरु सञ्चालन गरिने ।
  • सार्वजनिक तथा जोर–बिजोर प्रणालीमा लागू हुने गरी निजी सेवा प्रदायक कार्यालयहरुका गाडी सञ्चालन गर्न पाइने ।

सञ्चालन गर्न नपाइने क्षेत्रहरु :

  • शैक्षिक संस्थाहरु (यसभित्र विद्यालय, कलेज, ट्युसन सेन्टर र तालिम केन्द्रहरु
  • अनुमति प्राप्त बाहेकका अन्तर्राष्ट्रिय र आन्तरिक उडानहरु ।
  • तोकिए बाहेकका अन्तर्राष्ट्रिय सीमा नाकाबाट हुने आवत–जावत ।
  • सबै प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनार ।
  • सबै प्रकारका प्रदर्शन, भेला तथा सम्मेलन ।
  • सिनेमा हल, पार्टी प्यालेस, डान्स बारलगायतका मनोरञ्जनस्थल ।
  • सार्वजनिक पुस्तकालय, संग्रहालय, चिनियाखाना ।
  • स्पा, सैलुन र ब्यूटीपार्लर ।
  • स्विमिङ पुल, जिमखानालगायतका हेल्थ क्लबहरु ।
  • सपिङ मलहरु ।
  • समूहमा खेलिने खेलकुद र खेल मैदानमा हुने प्रस्तुतीहरु ।
  • सबै प्रकारका धार्मिक तथा सामाजिकस्थलहरु ।
  • यात्रुबाहक सार्वजनिक सवारी साधन । पर्यटक सवारी साधन समेत ।
  • काठमाडौं उपत्यकाको हकमा काठमाडौं उपत्यकाभित्र र अन्य जिल्लाको हकमा सोही सम्बिन्धत जिल्लाभित्र मात्र जोर बिजोर प्रणालीमा सञ्चालन हुने निजी सवारी साधन बाहेकका अन्य निजी सवारी साधन ।
bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago