पाँचथर। मोटरसाइकल दुर्घटना हुँदा पाँचथरको हिलिहाङ गाउँपालिकाका एक युवकको मृत्यु भएको छ भने सोही मोटरसाइकलमा सवार युवतीगम्भीर घाइते भएकी छन् ।मृत्यु हुनेमा हिलिहाङ –१ का २४ वर्षीय प्रवीण कालिकोटे र घाइते हुनेमा हिलिहाङ–२ की अन्दाजी २० वर्षीयामुना पाख्रिन छिन् ।
मेची राजमार्गअन्तर्गत हिलिहाङ–१ दुवीचौरमा सडकभन्दा तल दुर्घटनाग्रस्त अवस्थामा मे४प ८९४ नंको मोटरसाइकलसहित उनीहरुलाईस्थानीयवासीले आज बिहान फेला पारेका थिए । प्रहरी र स्थानीयवासीले दुवैलाई उद्धार गरी जिल्ला अस्पताल ल्याएकामाकालिकोटेलाई चिकित्सकले मृत घोषणा गरेका थिए । गम्भीर घाइते भएकी पाख्रिनलाई थप उपचारका लागि झापा पठाइएको जिल्लाप्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
आफैँले चलाएको मोटरसाइकल अनियन्त्रित भई सडकबाट झरेको प्रहरीको अनुमान छ । मोटरसाइकल सडकबाट करिब ३० मिटर तलझरेको पाइएको छ । मध्यरात दुर्घटना भएको स्थानीयवासीको अनुमान छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिप्रका सूचनाअधिकारी प्रहरी निरीक्षक डम्बर विश्वकर्माले जानकारी दिनुभयो ।
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…