Categories: समाज

आठ महिनापछि खुल्यो चिडियाखाना

काठमाडौँ। ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना आठ महिनापछि स्वास्थ्य मापदण्ड अपनाई पुनः खुला गरिएको   कोरोनाभाइरसको जोखिमका कारण सो चिडियाखाना गत चैत गतेदेखि बन्द  थियो   खुला भएसँगै अवलोकनकर्ताले पहिलेजस्तै स्वतन्त्रहिँडडुल गर्न नपाउने चिडियाखानाले जनाएको

चिडियाखाना व्यवस्थापन प्रमुख डा चिरञ्जीवी पोखरेलले कोरोनाको जोखिम अझै कायमै रहेकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाईचिडियाखाना खुला गरिएको जानकारी दिनुभयो सुरक्षाका मापदण्डमा अवलोकनकर्ताले अनिवार्य मास्क ल्याउनुपर्ने, एकपटकमा ८००मानिसले मात्र अवलोकन गर्न पाइने, चिडियाखानाभित्र बसेर खान जीवजनावरलाई खुवाउन, छुन नपाउने, एक व्यक्ति बढीमा दुईदेखिसाढे दुई घण्टामा बाहिर निस्कनुपर्ने बालबालिकालाई खेलाउन नपाउनेजस्ता रहेका छन्

भित्र जानेको सङ्ख्याजस्तै बाहिर निस्कनेको सङ्ख्या पनि गणना गरिनेछ जति जना बाहिर निस्कन्छन् सोही बराबरको सङ्ख्यामा नयाँअवलोकनकर्तालाई प्रवेश दिइने मापदण्ड रहेको   यसअघिझै हरेक दिन बिहान १० देखि साँझ बजेसम्म अवलोकनका लागिसञ्चालन हुने गरी नै मापदण्ड तयार गरिएको भए पनि एकपटकमा केही सीमित व्यक्तिलाई मात्रै प्रवेशको व्यवस्था गरिएको हालचिडियाखानामा ११० प्रजातिका एक हजार ६८  जीवजनावर रहेको त्यहाँका मुख्य आकर्षणका रूपमा बाघ, भालु, चितुवा रातोहाब्रे छन्

ती प्रजातिमध्ये ३३ स्तनधारी, ६१ चरा, आठ उभयचर १७ प्रजातिका माछा छन् नेपालमा लोप हुन लागेको भनी सूचीकृत ३८ दुर्लभवन्यजन्तुमध्ये १५ लाई चिडियाखानाले संरक्षण गरी प्रदर्शनीमा राखेको

चिडियाखाना अवलोकन गर्न विदेशीका लागि रु ७५०, सार्क  देशका लागि रु ५००, नेपालीलाई रु १५० नेपाली विद्यार्थी ज्येष्ठनागरिकका लागि रु ९० शुल्क निर्धारण गरिइएको वार्षिक ११ लाख दर्शकसम्म अवलोकन गर्न आउने यहाँ प्रवेश शुल्कबाट नैवार्षिक रु १५ देखि रु १६ करोडसम्मको कारोवार हुने गरेको

टिकक लिन लाम बस्नु नपर्ने

प्रवेशका लागि पहिलेजस्तो टिकट लिन  लाम बस्न नपर्ने व्यवस्था गरिएको   चिडियाखानाको वेबसाइट वा इसेवामार्फत टिकटकाट्न सकिने व्यवस्था मिलाइएको जनाइएको व्यवस्थापनले स्वास्थ्य मापदण्ड पूरा गरी तिहारपछि खोल्ने तयारी गरे पनि कोभिड१९ सङ्कट व्यवस्थापन केन्द्रबाट निर्णय नआउँदा खुल्न सकेको थिएन

तत्कालीन राणा प्रधानमन्त्री श्री जुद्धशम्शेर जङ्गबहादुर राणाले सन् १९३२ मा निजी चिडियाखानाका रूपमा स्थापना गरेका थिए विसं २०११ देखिसर्वसाधारणका लागि खुला गरिएको चिडियाखाना विसं २०५२ देखि यसको व्यवस्थापनको जिम्मेवारी ३० वर्षका लागिसरकारले राष्ट्रिय प्रकृति संरक्षण कोषलाई हस्तान्तरण गरेको थियो

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago