Categories: खेलकुद

रियल समूह विजेता बन्दै नकआउट चरणमा

एजेन्सीस्पेनिस च्याम्पियन रियल म्याड्रिडले समूह विजेता बन्दै यूईएफए च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान पक्का गरेको बुधबार घरेलु मैदानमा बोरुसिया मोन्चेनग्लाडबाकलाई ले पराजित गर्दै रियल नकआउट चरणमा प्रवेश गरेको हो

फोटो फाईल

समूहको अर्को खेलमा इन्टर मिलान शाख्तर डोनेस्कले गोलरहित बराबरी खेलेपछि रियल समूह विजेता बन्न सफल रहयो यससमूहबाट रियल शीर्षस्थानमा रहेर नकआउट चरण पुग्दा मोन्चेनग्लाडबाक उपविजेता बन्दै अघि बढेको

रियलले खेलमा १० अंक जोड्दा ग्लाडबाक शाख्तरको समान अंक रहयो हेड टु हेडमा पछि परेको शाख्तरले युरोपा लिगखेल्नेछ अंकसहित पुछारमा रहेको इन्टर मिलानको युरोप यात्रा समाप्त भएको

खेलको नवौं मिनेटमा नै रियलले बेन्जेमाको गोलमा अग्रता लियो लुकास भाज्केजको क्रसलाई बेन्जेमाले हेडरमार्फत गोल गर्दै घरेलुटोलीलाई अघि बढाएका थिए रियलले जर्मन टोलीविरुद्ध बल पोसेसनमा पकड जमाउँदै लगातार आक्रमण बुनेपनि जर्मन टोलीकागोलरक्षक यान सोमरले केहि उत्कृष्ट बचाउ गरे

३२ औं मिनेटमा बेन्जेमाले दोस्रो गोल गरे उनले रोड्रीगोको क्रसमा हेडरमार्फत नै गोल गर्दै रियललाई को अग्रता दिलाए त्यसअघिपाहुना टोलीका फरवार्ड एलेसन प्लेयाले वन भर्सेस वनमा गरेको प्रहार बाहिरिंदा रियलको अग्रता जोगिएको थियो

दोस्रो हाफको ५९ औं मिनेटमा गोलरक्षक सोमरले टोनी क्रुसको प्रहारमा उत्कृष्ट बचाउ गर्दै रियललाई अग्रता बढाउन दिएनन् ७३ औंमिनेटमा सोमरले अर्को उत्कृष्ट बचाउ गरे रामोसको हेडरलाई सोमरले बचाएपछि आएको रिबाउन्डमा बेन्जेमाको प्रहार क्रसबारमालागेर फर्किएको थियो

sp sp

Recent Posts

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago

नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…

56 years ago

खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले…

56 years ago