पछील्लो समय नेपालमा आत्महत्या गर्ने दरमा वृद्धि ।

काठमाडौं ।  नेपालमा कोरोना महामारीपछि आत्महत्या २० प्रतिशतले वृद्धि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  जनाएको छ।

पछिल्लो पाँच महिनामा आत्महत्या गर्ने दर २० प्रतिशतले वृद्धि भएको मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेले बताए। पहिले दैनिक १६ जनाले आत्महत्या गर्थे भने हाल दैनिक २० जनाले आत्महत्या गर्ने गरेको उनले जानकारी दिए। 

मानसिक रोग विशेषज्ञ समेत रहेका डा पोखरेलका अनुसार ८५ प्रतिशतमा आत्महत्याको मुख्य कारण मानसिक रोग पाइएको छ। २५ देखि ४० वर्ष उमेर समुहका मानिसले आत्महत्या गर्ने गरेको मन्त्रालयले जनाएको छ। त्यसमा पनि महिलाको संख्या बढी छ। 

८० प्रतिशतलाई उपचार मार्फत आत्महत्या गर्नबाट रोक्न सकिने भन्दै डा पोखरेलले समयमै पहिचान गर्न सके आत्महत्याको दरलाई नै न्यूनीकरण गर्न सकिने बताए। आत्महत्याको योजना बनाउने, मर्ने तरिका बारे सोच्ने, धेरै नबोल्ने, घुलमिन नहुने, नकारात्मक कुराहरु सोच्ने र बोल्ने, उपचार गर्न नचाहने यसका लक्षणहरु हुन्। नेपालमा वर्षेनी ६ हजार जनाले आत्महत्या गर्ने गरेको उनले जानकारी दिए। 

कुन आर्थिक वर्षमा कतिले गरे आत्महत्या ?
नेपालमा आत्महत्या गर्ने व्यक्तिको संख्या वर्षेनी बढ्दै गएको पाइएको छ। विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा मानसिक अस्पतालले गरेको कार्यक्रममा पछिल्लो सात वर्षमा आत्महत्या गर्नेको संख्या बढ्दै गएको पाइएको हो।

पछिल्लो सात वर्षमा ३५ हजार ९ सय ५२ जनाले आत्महत्या गरेको अस्पतालले गरेको भर्चुअल कार्यक्रममा जानकारी गराइएको थियो। आर्थिक वर्ष अनुसार आत्महत्या गर्नेको संख्या:

आर्थिक वर्ष २०७०/७१ – ४५०४

आर्थिक वर्ष २०७१/७२ – ४३३२

आर्थिक वर्ष २०७२/७३ – ४६८०

आर्थिक वर्ष २०७२/७३ – ५१२४

आर्थिक वर्ष २०७४/७५ – ५३१७

आर्थिक वर्ष २०७५/७६ – ५७५४

आर्थिक वर्ष २०७६/७७ – ६२४१

सरकारले आत्महत्या रोकथामका लागि बिहिबारबाट निशुल्क रुपमा हेल्पलाईन सेवा सञ्चालन गरेको छ। मानसिक रोग विभाग, त्रिवि शिक्षण अस्पताल र सिविएम नेपालसँगको सहकार्यमा यो सेवा सुरु भएको हो। १६६०–०१–२१६०० मा फोन गरी परामर्श लिन सकिने मानसिक अस्पतालले जनाएको छ।

प्रत्येक वर्ष विश्वभर ८ लाख मानिसले आत्महत्या गर्ने गरेको विश्व स्वास्थ्य संगठनको तथ्यांक छ। विश्वमा आत्महत्याबाट मृत्यु गर्ने देशहरुमध्ये नेपाल सातौं स्थानमा छ। 

Bishawas Acharya

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago