बाढी पिडितलाई प्रवासबाट तल्लो लमाई समाज जापानको १ लाख २० हजार सहयोग ।

थम्मन थापा , बागलुङ , भदौ २५ ।  भदौको मध्य भागमा ढोरपाटन नगरपालिका वडा नं ९, ८ र ७ बोवाङ स्थित भूजिखोलामा भारी वर्षा पछि बाढी आयो । भदौ १७ राती देउराली शिर देखि खसेको पहिरोका कारण भुजीखोलामा आएको बाढीले ढोरपाटनका आधादर्जन तटीय बस्ती बगायो । बस्ती बगाउँदा अकल्पनीय मानवीय र भौतिक क्षति भयो । अहिले सिंगो बागलुङ जिल्ला शोकमा छ ।

धेरै मानिसले ज्यान गुमाउनु पर्यो, कैयौं मानिस घाइते भए, धेरैले घरबास सँगै परिवारका आफन्त गुमाए । अहिले ढोरपाटनका बाढी पीडितहरुको लागि दिनहुँ राहत सामाग्री सँगै देश विदेश बाट आर्थिक सहयोग जुट्ने क्रम बढिरहेको छ । प्राकृतिक विपत्तीमा सहयोगी हातहरु अगाडि बढिरहेका छन् । अहिले विभिन्न संघ संस्था, राजनैतिक दल देखि व्यक्ति विशेषले ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ पुगेर राहत सामाग्री र नगद सहयोग गरिरहेका छन् । छिमेकी पालिकामा प्राकृतिक विपत्तिले सास्ती खेपिरहेका बोबाङका बाढी पीडित नागरिकहरुलाई तल्लो लमाई समाज जापानले एक कार्यक्रम गरी नगद रु १ लाख २० हजार ५ सय ५० सहयोग हस्तान्तरण गरेको समाजका अध्यक्ष बल बहादुर खत्रीले जानकारी दिनुभयो । जापानमा रहेका तल्लो लमाईबासी नागरिकहरुको सक्रियतामा उक्त रकम संकलन गरि ढोरपाटन स्थित वोबाङ्का बाढी पीडितलाई सहयोग गरिएको अध्यक्ष खत्रीले बताउनु भयो । भदौ पहिलो हप्ता स्थापना भएको समाजले प्राकृतिक विपति र आर्थिक अवस्था कमजोर भई उपचार नपाएका दीर्घ रोगी नागरिकलाई समेत आर्थिक सहयोग प्रदान गरिएको समाजका सचिव गोविन्द खत्रीले बताउनु भयो । विपतको बेला मानवीय सेवा नै ठूलो धर्म हो भन्ने महसुस गरी जापानमा तत्कालै आर्थिक संकलन गरी नेपाल पठाइएको र सामाजिक अभियन्ता तारा अधिकारी, यम अधिकारी, डम्बर अधिकारी, गुमान अधिकारी, रेशम खत्री र गोपाल खड्काले ढोरपाटन नगरपालिकाका नगर प्रमुख देव कुमार नेपालीलाई सहयोग रकम हस्तान्तरण गरिएको समाजका कोषाध्यक्ष खिम अधिकारीले बताउनु भयो । समाजले भुजिखोलाको बाढीमा दिवंगत भएकाहरू प्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै घटनामा घाइते हुनुभएका नागरिकहरुको सिघ्र स्वास्थ्य लाभको कामना समेत व्यक्त गरेको छ भने उद्धारमा खटिने सबै प्रति धन्यवाद ज्ञापन गरेको छ ।

Bishawas Acharya

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago