पछील्लो समय नेपालमा आत्महत्या गर्ने दरमा वृद्धि ।

काठमाडौं ।  नेपालमा कोरोना महामारीपछि आत्महत्या २० प्रतिशतले वृद्धि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  जनाएको छ।

पछिल्लो पाँच महिनामा आत्महत्या गर्ने दर २० प्रतिशतले वृद्धि भएको मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेले बताए। पहिले दैनिक १६ जनाले आत्महत्या गर्थे भने हाल दैनिक २० जनाले आत्महत्या गर्ने गरेको उनले जानकारी दिए। 

मानसिक रोग विशेषज्ञ समेत रहेका डा पोखरेलका अनुसार ८५ प्रतिशतमा आत्महत्याको मुख्य कारण मानसिक रोग पाइएको छ। २५ देखि ४० वर्ष उमेर समुहका मानिसले आत्महत्या गर्ने गरेको मन्त्रालयले जनाएको छ। त्यसमा पनि महिलाको संख्या बढी छ। 

८० प्रतिशतलाई उपचार मार्फत आत्महत्या गर्नबाट रोक्न सकिने भन्दै डा पोखरेलले समयमै पहिचान गर्न सके आत्महत्याको दरलाई नै न्यूनीकरण गर्न सकिने बताए। आत्महत्याको योजना बनाउने, मर्ने तरिका बारे सोच्ने, धेरै नबोल्ने, घुलमिन नहुने, नकारात्मक कुराहरु सोच्ने र बोल्ने, उपचार गर्न नचाहने यसका लक्षणहरु हुन्। नेपालमा वर्षेनी ६ हजार जनाले आत्महत्या गर्ने गरेको उनले जानकारी दिए। 

कुन आर्थिक वर्षमा कतिले गरे आत्महत्या ?
नेपालमा आत्महत्या गर्ने व्यक्तिको संख्या वर्षेनी बढ्दै गएको पाइएको छ। विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा मानसिक अस्पतालले गरेको कार्यक्रममा पछिल्लो सात वर्षमा आत्महत्या गर्नेको संख्या बढ्दै गएको पाइएको हो।

पछिल्लो सात वर्षमा ३५ हजार ९ सय ५२ जनाले आत्महत्या गरेको अस्पतालले गरेको भर्चुअल कार्यक्रममा जानकारी गराइएको थियो। आर्थिक वर्ष अनुसार आत्महत्या गर्नेको संख्या:

आर्थिक वर्ष २०७०/७१ – ४५०४

आर्थिक वर्ष २०७१/७२ – ४३३२

आर्थिक वर्ष २०७२/७३ – ४६८०

आर्थिक वर्ष २०७२/७३ – ५१२४

आर्थिक वर्ष २०७४/७५ – ५३१७

आर्थिक वर्ष २०७५/७६ – ५७५४

आर्थिक वर्ष २०७६/७७ – ६२४१

सरकारले आत्महत्या रोकथामका लागि बिहिबारबाट निशुल्क रुपमा हेल्पलाईन सेवा सञ्चालन गरेको छ। मानसिक रोग विभाग, त्रिवि शिक्षण अस्पताल र सिविएम नेपालसँगको सहकार्यमा यो सेवा सुरु भएको हो। १६६०–०१–२१६०० मा फोन गरी परामर्श लिन सकिने मानसिक अस्पतालले जनाएको छ।

प्रत्येक वर्ष विश्वभर ८ लाख मानिसले आत्महत्या गर्ने गरेको विश्व स्वास्थ्य संगठनको तथ्यांक छ। विश्वमा आत्महत्याबाट मृत्यु गर्ने देशहरुमध्ये नेपाल सातौं स्थानमा छ। 

Bishawas Acharya

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago