‘घरघरमा हामी’ले सुरु गर्‍यो प्लाज्मा संकलन अभियान ।

भाद्र २५ , रुपन्देही ।  कोरोना महामारीसंगै बढ्दो संकटमा समाजसेवाको उद्देश्य सहित सामाजिक संजालबट सुरु गरीएसगै सामाजिक काममा अग्रसरता लिएको घरघरमा हामी अभियानले कोभिड १९, कोरोना भाईरस पोजेटिभ भैइ निको भएकाहरुको प्लाज्मा रक्त तत्व संकलनको सुरुवात गरेको छ ।

पछिल्लो समय प्लाज्मा थेरापी बिधिबाट केही कोरोना संक्रमितको रक्त मात्रा बढाउने र रोग नियन्त्रण हुने देखिएपछि नेपालभर सो अभियानको सुरुवात गरिएको घरघरमा हामीका संयोजक शिव डुम्रेले बताए । डुम्रेका अनुसार, नेपाल रेडक्रससगको समन्वयमा सो काम सुरु गरिएको हो, कोरोना विरामीको परिक्षण लगायत उपचारमा खटिएका डाक्टरहरुसगको सहकार्यमा सो काम गरिएको हो । 

कार्यक्रमको पहिलो दिन विहिबार रुपन्देहीको कन्चन गाउँपालिकास्थित रुद्रपूर हरैयामा नेपाल रेडक्रसको कन्चन उपशाखाको समन्वयमा रक्तदान कार्यक्रम भएको छ । जहाँ ४ जना कोरोना पोजेटिभ भई निको भएकाहरुले रक्तदान गरेका छन भने ६९ जना अन्य मानिसले रक्तदान गरेका छन्  । रक्तदान कार्यक्रममा कन्चन गाउँपलिकाका प्रमुख गोकर्ण क्षेत्रीले रेडक्रस र घरघरमा हामी अभियानले थालेको यो अभियानमा गाउँपालिकाको पुर्ण सहयोग रहेको बताएका थिए । 

विश्वमा कोरोना महामारी फैलिएसगै प्लाज्मा थेरापीका अभ्यासहरु भैरहेको अवस्थामा नेपालमा पनि सरकारले प्लाज्मा थेरापी गर्ने भनेसगै प्लाज्म जुटाउने अभियान चलिरहेको छ । रक्त तत्वको एक महत्त्वपूर्ण हिस्सा प्लाज्माले रोगविरुद्ध लड्ने क्षमताको वृद्धि गर्ने गर्दछ   

यो जुनसुकै सिरियस बिरामीका लागि प्रयोग गर्न सकिन्छ । अंग प्रत्यारोपण भई औषधि खाइरहेका र क्यान्सर रोगका बिरामीसँग इम्युनिटी पावर कम हुने भएकाले त्यस्ता बिरामीलाई कोरोना भाइरस लागेमा प्लाज्मा थेरापीको प्रयोग गर्न सकिन्छ ।

जटिल प्रकारका बिरामीको शरीरमा एन्टिबडी उत्पादन हुन गाह्रो हुने भएकाले प्लाज्माको प्रयोग गर्न सकिन्छ । 

कोरोना महामारीमा फुड बैंक संचालन गरेसगै प्लाज्मा थेरापीलाइ सहयोग पुग्ने गरि अभियानले प्लाज्मा संकलनको लागि सस्थाकै सदस्य आयुषा कडेलको संयोजकत्वमा उपसमिति नै गठन गरि भेटघाट अभियान चलाउदै प्लाज्मा संकलनको लागि तयारी गरिराखेको संस्थाका संयोजक डुम्रेले जानकारी दिए । कोरोना महामारीसग समाजको ब्यवहार र दृस्ठिकोणमा परिवर्तन ल्याउन अपिल गर्दै सामाजिक चेतनासहितको प्लाज्मा र रगत संकलन गरि बुटवलस्थित ब्लड बैकमा बुझाईने सस्थाले जानकारी दिएको छ । हरैयामा सुरु भएसग रुपन्देहीका भैरहवा, तिलोत्तमा, देवदह लगायतका क्षेत्रमा लगत्तै संकलन गरिनेछ ।

Bishawas Acharya

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago