किसानलाई मलको हाहाकार, सरकार कोभिडको बहानामा

काठमाडौँ – सुदूरपश्चिमका किसानहरु यतिवेला धान खेतमा मल राख्न रायासनिक मल नपाएर समस्यामा परेका छन् । एकातिर कोभिड १९ संक्रमणको उच्च जोखिम छ भने अर्कोतिर बजारमा मल नपाउने अवस्था छ । संकटको बेलामा सहजै मल नपाउँदा किसानहरु झनै समस्यामा परेका छन् । मल नपाउँदा धान उत्पादन नै नहुने हो कि भन्ने चिन्तामा किसानहरु छन् ।

धान बालिमा प्रयोग गर्न रासायनिक मल नपाउँदा सुदूरपश्चिमका किसानहरू मर्कामा परेका छन्। धानमा मल हाल्ने समय हुँदा मलको जोहो गर्न किसानहरूलाई यतिबेला सास्ती छ । एकातिर कोरोना भाइरस संक्रमणको जोखिम अर्कोतिर धानमा प्रयोग गर्न मल नपाउँदाको चिन्ताले किसानहरु जोखिम मोलेरै भएपनि मल खरिद गर्न भौतारिनुपर्ने बाध्यता छ । मल किन्न बिहानै देखि स्थानीय सहकारी संस्था बाहिर दिनभर कुरेर बस्नुपर्ने दैनिकी नै बनेको छ । कोभिड १९ संक्रमणको दर दैनिक बढ्दै गएको अवस्थामा किसानहरुलाई आफ्नो स्वास्थ्यको भन्दा मल नपाउने चिन्ताले सताएको छ ।

मल आपूर्तिको ७० प्रतिशत जिम्मा कृषि सामाग्री कम्पनी लिमिटेडले पाएको छ । तर यो कम्पनीको धनगढी शाखामा अहिले मलको मौज्दात शून्य छ । जसका कारण पनि किसानहरुले मल पाउन सकेका छैनन् । यसरी किसानहरूले समयमै मल र बिउ नपाउने समया नयाँ होइन । यो समस्या हरेक वर्ष देखिदै आएको छ । सरकारले समयमै आपूर्ति व्यवस्थालाई सहज बनाउन ध्यान नदिदा किसानहरु कोभिड १९ संक्रमणको जोखिम मोलैरै मलको खोजीगर्न बाध्य भएका छन् ।

सुदूरपश्चिम प्रदेशको भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनितादेवी चौधरीले भने कोभिड १९ संक्रमणको प्रतिकुल समयको बाबजुद पनि मलको आपूर्तिलाई सहज बनाउन प्रभावकारी काम भइरहेको दावी गरिन् ।

Sanjay poudyal

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago