एजेन्सी । केही एसियन एयरलाइन्सहरूले बुधबार इरानी आकाशमा आफ्ना जहाज नउडाउने भएका छन्।
सिंगापुर एयरलायन्स, ताइवानको चाइना एयर, मलेसिया एयरलाइन्सले इरानी हवाई क्षेत्रबाट हुने सबै उडानको बाटो फेरेको बताएका छन्।गत शुक्रबार अमेरिकी ड्रोन आक्रमणमा परी इरानी सैन्य कमाण्डर कासिम सुलेमानीको हत्या भएपछि इरानले त्यसको बदला स्वरूप इराकका दुई अमेरिकी सैन्य अड्डामा बुधबार मिसाइल आक्रमण गरेको छ।उक्त आक्रमणपछि सिंगापुरलगायतले एयरलायन्सले यो निर्णय गरेका हुन्।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार सिंगापुर एयरलायन्सले पछिल्लो समय युरोपबाट बाहिर सबै एसआइए उडानमा इरानी आकाश प्रयोग नगर्ने र आवश्यकताअनुसार बाटो फेरिने बताएको छ।
ताइवानको चाइना एयरलाइन्सले पनि क्षेत्रीय तनावका कारण इरान र इराकको माथिबाट आफ्ना जहाज नउडाउने बताए छ।ताइवानकै इभा एयर तथा मलेलिया एयरलायन्सले पनि उडानमा इरानी आकास प्रयोग नगर्ने बताएका छन्।
यसैबीच अमेरिकी संघीय उड्ययन प्रशासन (एफएए)ले उडान प्रतिबन्ध लगाएको सूचना जारी गर्दै मध्युपुर्वका केही क्षेत्रमा उडान बन्द गरेको जनाएको छ। उसले इरान-इराकलगायत पर्सियन गल्फ क्षेत्रमा पनि जहाज नउडान भनेको हो।
एसिययाको बाहिर क्यानडाको एयर क्यानडाले पनि इरानी आकाश भएर हुने उडान फेरेको जनाएको छ।
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…