टोकियो । जापानको सेन्दाई शहरमा हृदयघातका कारण मृत्यु भएका पोखराका २७ बर्षिय बिकल थापाको शवलाई नेपाल पठाईने तयारी पुरा भएको छ ।
पोखरामा रहेको परिवारले मृतक थापाको शवलाई नेपाल ल्याईदिन अनुरोध गरेपछि कास्कि पोखरा समाज जापानले सहयोग सकंलन गरेको थियो । समाजले दिएको जानकारी अनुसार सेन्दाईबासी नेपालीहरु सहित जापानमा क्रियाशील संघ सस्था एंव जापानबासी नेपालीहरु , एनआरएन जापानगरी २३ लाख ६५ हजार ४ सय २४ जापानीज एन संकलन भएको कास्कि पोखरा समाज जापानका अध्यक्ष बिकास श्रेष्ठले बताउनु भयो । अध्यक्ष श्रेष्ठले थापाको शवलाई जनवरी १२ तारिख जापानबाट नेपाल पठाईने तयारी रहेको बताउदै, दुखको समयमा सहयोग गर्ने सबैलाई आभार ब्यक्त गर्नु भयो ।
बिगत ७ बर्ष देखि जापानको पूर्वउत्तरी शहर सेन्दाईमा श्रीमती र छोरासगै बस्दै आएका थापाको ह्रदयघात भई मृत्यु भएको थियो।नेपालमा रहेको परिवारले मृतक थापाको शवलाई नेपालमा नै लैजान चाहेको भन्दै कास्कि पोखरा समाज जापानले सहयोगको लागि सबैमा अपिल गरेको थियो । थापाको शवसगै थापाका श्रीमती र छोरा पनिसगै नेपाल जाने भएको कास्कि पोखरा समाजका महासचिव कमल बास्तोलले जानकारी दिनुभयो ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…