सिंगापुरसहितका केही एयरलाइन्सले इरानमाथि जहाज नउडाउने

एजेन्सी । केही एसियन एयरलाइन्सहरूले बुधबार इरानी आकाशमा आफ्ना जहाज नउडाउने भएका छन्।  

सिंगापुर एयरलायन्स, ताइवानको चाइना एयर, मलेसिया एयरलाइन्सले इरानी हवाई क्षेत्रबाट हुने सबै उडानको बाटो फेरेको बताएका छन्।गत शुक्रबार अमेरिकी ड्रोन आक्रमणमा परी इरानी सैन्य कमाण्डर कासिम सुलेमानीको हत्या भएपछि इरानले त्यसको बदला स्वरूप  इराकका दुई अमेरिकी सैन्य अड्डामा बुधबार मिसाइल आक्रमण गरेको छ।उक्त आक्रमणपछि सिंगापुरलगायतले एयरलायन्सले यो निर्णय गरेका हुन्।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार सिंगापुर एयरलायन्सले पछिल्लो समय युरोपबाट बाहिर सबै एसआइए उडानमा इरानी आकाश प्रयोग नगर्ने र आवश्यकताअनुसार बाटो फेरिने बताएको छ।

ताइवानको चाइना एयरलाइन्सले पनि क्षेत्रीय तनावका कारण इरान र इराकको माथिबाट आफ्ना जहाज नउडाउने बताए छ।ताइवानकै इभा एयर तथा मलेलिया एयरलायन्सले पनि उडानमा इरानी आकास प्रयोग नगर्ने बताएका छन्।

यसैबीच अमेरिकी संघीय उड्ययन प्रशासन (एफएए)ले उडान प्रतिबन्ध लगाएको सूचना जारी गर्दै मध्युपुर्वका केही क्षेत्रमा उडान बन्द गरेको जनाएको छ। उसले इरान-इराकलगायत पर्सियन गल्फ क्षेत्रमा पनि जहाज नउडान भनेको हो।

एसिययाको बाहिर क्यानडाको एयर क्यानडाले पनि इरानी आकाश भएर हुने उडान फेरेको जनाएको छ।

Bishawas Acharya

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago