मापसे गरी कार हुईक्याउँदा पैदलयात्रुको मृत्यु , बीमा दावी भुक्तानी भएन

काठमाडौं । उच्च घरानियाँका २१ बर्षिय पृथ्वी मल्लको बसाई बिदेश थियो । छोटो समयका लागि नेपाल आए । घुमफिर र रमाइलो गर्न मन लाग्यो । यसैक्रममा दरबारमार्गस्थित डिस्कोमा रातभरि खाईपिई गरे, त्यो पनि सुन्दरीहरुसँग । विदेशमा ऐय्यासी जीवन । नेपालमा उच्च घरानियाँ भएपछि जे गर्न पनि छुट । सवारी चालक अनुमति पत्र समेत थिएन नै मादक पदार्थ सेवन गरेर उभिन नसक्ने अवस्थामा थिए । रातभरि दरवारमार्गमा रोमान्स गरेका युवतीहरुको साथ छोड्न सकेनन्, सँगै कारमा लिएर हुईकिए । बुढानिलकण्ठ नगरपालिका–८ बस्ने मल्लले अर्धचेत अवस्थामा कार लिएर हुईकिदै थिए ।कपनदेखि माथि र हात्तिगौडाको भित्र उनको कारले फुटपाथमा हिडिरहेकी पैदलयात्रीलाई ठक्कर दियो । गाडी समेत क्षतविक्षत भयो ।

घटना मंसिर २८ गते शनिबार विहान नौ बजेको समयको हो । तत्कालै स्थानीबासी आएर उद्धार गर्न खोज्दा गोरखा घर भएकी लिला देवकोटाको ज्यान गइसकेको थियो । चालकलाई गाडीबाट बाहिर निकालियो । ह्वारह्वार्ती रक्सी गन्हाएको थियो । स्थानीयले प्रहरी बोलाएर तत्कालै मेडिकल चेकजाँच गर्न माग गरे । त्यतिबेलासम्म ति युवतीहरु भने भागिसकेका थिए । तत्कालै प्रहरीले बुढानिलकण्ठ प्रभागबाट खटिएको प्रहरी आईपुग्यो, महाराजगन्जस्थित शिक्षण अस्पताल पुर्याएर स्वास्थ्य परिक्षणको क्रममा मादक पदार्थ सेवन गरेको भेटियो ।

पैदलयात्रुको मृत्यु भएका कारण प्रहरीले छोड्ने कुरै भएन । प्रहरीमाथि दवाव चर्को पर्यो । भोलिपल्ट तेस्रो पक्ष बीमा र थप रकम दिने सहमति भएपछि पीडितले शव बुझेर संस्कार गरे । सुरुमा मल्लले लाईसेन्स भएको र घरमा रहेकाले ल्याउने बताएका थिए । इन्स्योरेन्स खवरसहितका सञ्चार माध्यममा समाचार बन्यो मापसे गरेर सवारी चलाउँदा बुढानिलकण्ठमा एक जनाको मृत्यु भनेर । बीमा कम्पनीले बीमा दावी भुक्तानी दिन नसक्ने बतायो भने पीडित पक्षले पनि मुद्दामा जाने भन्दै अड्डी कसे ।

२१ बर्षिय चालकसँग लाईसेन्स समेत नभएको साथमा मापसे समेत गरेको प्रमाणका अगाडि उच्च् घरानियाको केही जोर चलेन र अन्ततः पुस २३ काठमाडौं जिल्ला अदालतले लिला देवकोटाको ज्यान जाने गरी भएको दुर्घटनालाई सवारी ज्यान सम्बन्धी महल अन्तर्गत दोषी हुनसक्ने भन्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

क्षणिक रमाइलोका लागि सवारी चालक अनुमति पत्र समेत नलिएका युवाले मापसे गरी कार हुईक्याउँदा भएको दुर्घटनाले देवकोटा परिवारमा ठूलो विपत्ति आयो भने उनलाई कारागारमा पुर्याएको छ । साथै बीमा दावी भुक्तानी हुने अवस्था समेतले बीमितले आफूलाई कति अनुशासनमा राख्नुपर्ने रहेछ भनेर ख्याल गर्नुपर्ने देखिएको छ । बीमा गरेर मात्रै हुँदैन, बीमा दावी भुक्तानीका लागि पालना गर्नुपर्ने नियमका सम्बन्धमा समेत बीमित सचेत हुनुपर्ने माथिको घट्नाले देखाएको छ ।

Bishawas Acharya

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago