जो वाइडेनको विजयले नेपाली अमेरिकन खुशी

वाशिङ्गटन डिसी। अमेरिकाको राष्ट्रपतिमा डेमोक्र्याट पार्टीका जो वाइडेन विजयी भएसँगै आप्रवासीले खुशी मनाएका छन् यसरी खुशी मनाउनेआप्रवासीमा नेपाली अमेरिकन पनि रहेका छन् खासगरी अमेरिकामा रहेका नेपालीहरु स्वास्थ्य बीमा, बन्दुक नियन्त्रण, न्यूनतम वेतनमावृद्धि जस्ता विषयमा डेमोक्र्याट पार्टीको धारणासँग ऐक्यबद्धता जनाउँदै आएका छन्

सन् २०२० को चुनावमा यी विषय ओझेलमा पार्नेगरी कोरोना भाइरस यसको नियन्त्रणमा आवश्यक रणनीति बनाउने विषयलेप्रमुखता पाएको यथार्थ जो वाइडेनको विजयले हामी अमेरिकन नेपालीमा आशा विश्वास निर्माण गराउन अभिप्रेरित गरेको ”, वाइडेनको विजयपछि प्रतिक्रिया दिँदै मेरिल्याण्ड जनरल एसेम्वलीका डेलिगेट ह्यारी भण्डारीले भन्नुभयो, “अमेरिका सम्भावना अवसरको भूमि हो भन्ने कुरा यो पटकको निर्वाचनले प्रमाणित गरेको

भण्डारीले आप्रवासी अभिभावकबाट जन्मिनुभएकी उपराष्ट्रपति कमला ह्यारीसको आगमनले हाम्रा बालबालिकालाई पनि प्रेरणादिएको बताउनुभयो भण्डारी स्वयं मेरिल्याण्डको जनरल एसेम्वलीमा निर्वाचित हुने पहिलो नेपाली हुनुहुन्छ

फोटो फाईल

डेमोक्र्याट पार्टीका सिनेटरहरुले हाउसमा उत्पन्न गरेका टेम्पोरेरी प्रोक्टेड स्टाटस (टिपीएस) बाहकहरुलाई ग्राीनकार्ड हुँदैनागरिकका लागि सहजीकरण गर्ने विधयेक कार्यान्वयन हुने विश्वास गरिएको यसबाट करिब १० हजार नेपालीहरु लाभान्वितहुनेछन्

अमेरिकामा कानून व्यवसायमा संलग्न खगेन्द्र जिसी प्रजातान्त्रिक विधि प्रक्रियाबाट निर्वाचित कार्यकारीले विगतमा चालिएकोकदम जनमतबाट अस्वीकार हुने प्रक्रिया सुन्दर पक्ष भएको टिप्पणी गर्नुहुन्छ जिसीले कतिपय आप्रवासनसम्बन्धी कानूनकोपुनरावलोकन गर्ने भनेर चुनावी अभियानमा भन्दै आएकाले कार्यकारी आदेश आउन सक्ने विश्वास व्यक्त गर्नुहुन्छ खासरी टिपिएस, डाकाजस्ता कार्यक्रममा वाइडेन प्रशासनले लचिलो नीति अङ्गीकार गर्ने विश्वास लिएको जिसीले बताउनुभयो उहाँले भन्नुभयो, “पछिल्ला दिनमा आप्रवासनसम्बन्धी मुद्दामा विलम्ब हुने, कार्यकारी आदेशबाट रोकिने भएको थियो आगामी दिनमा त्यसमा सुधार हुनेअपेक्षा राखेको छु

अमेरिकामा राजनीतिक कर्ममा संलग्न रहेका हरि शर्माले वाइडेनको विजयले नेपाल अमेरिकाको सम्बन्धमा नयाँ उचाइ हासिल गर्नसक्नेविश्वास व्यक्त गर्नुभयो उहाँले अमेरिकामा विविधताको विशेषता यो निर्वाचनले पुनःस्थापित गरेको प्रतिक्रिया दिनुभयो

अमेरिकाले ग्लोबलरुपमा आफ्नो नेतृत्वदायी भूमिका पुनःस्थापित गर्दै अगाडि बढ्न नयाँ रणनीति अङ्गीकार हुने शर्मा बताउनुहुन्छ अमेरिकामा रहेका नेपाली नयाँ प्रशासनले लिने स्वास्थ्य बीमाको नीति कोभिड१९ को नियन्त्रणमा चाल्ने कदमबाट लाभ लिनसक्नेविश्वास रहेको शर्माको भनाइ

अमेरिकामा व्यवसाय गर्दै आएका राधेश पण्डित वाइडेन ह्यारिसको विजयले व्यवसायीमा उत्साह थपिएको प्रतिक्रिया दिनुहुन्छ पण्डित भन्नुहुन्छ, “नवनिर्वाचित राष्ट्रपति वाइडेनले कोरोना भाइरसको नियन्त्रणका लागि प्रभावकारी कदम चाल्नुहुनेछ यसलेलगानीकर्ताको मनोवल थप उँचो बनाउनेछ

पण्डितको अनुभवमा यदि समयमा नै प्रभावकारी कदम चालिएको भए अमेरिका अहिले आर्थिक अवस्थाको पुनःस्थापनाकोचरणमा प्रवेश गर्ने थियो उहाँ सन् २००८ को वित्तीय सङ्कटका बेलामा ओवामा प्रशासनको मातहतमा रहेर वाइडेनले खेल्नुभएकोभूमिकाको स्मरण गर्दै भन्नुहुन्छ, “अहिलेको घडीमा अमेरिकाले खोजेको चाहेको व्यक्ति नै वाइडेन हो पण्डितले कार्यकारीअधिकारलाई प्रभावकारी बनाउन वाइडेन ह्यारिसको टिम समन्वय निकै राम्रो हुनेमा विश्वस्त रहेको बताउनुहुन्छ

अमेरिकामा रहेका नेपालीले खुद्रा व्यवसायमा राम्रो गर्दै आएका छन्, उनीहरु कोरोना भाइरसले ल्याएको सङ्कटलाई समाधान गर्नवाइडेन प्रशासन सफल हुनेमा विश्वस्त देखिन्छन्   अमेरिकाको ४६औँ राष्ट्रपति बन्नुभएको जो वाइडेनले आफ्नो अनौपचारिकरुपमासोमबारदेखि कामको थालनी गर्नुहुने भएको यसका लागि सोमबार १२ सदस्यीय एक विज्ञ टोली गठन गरेर कोरोना भाइरसकोनियन्त्रणका लागि थप कदम चाल्नुहुने बताइएको

यसैगरी मौसम परिवर्तन जस्ता विषयमा कार्यभार सम्हाल्ने केही दिनमा नै कार्यकारी आदेश आउने घोषणा गरिएको विगत २८वर्षमा बहालवाला राष्ट्रपतिलाई पराजित गर्न सफल जो वाइडेनले यो आलेख तयार पार्दासम्म २७९ इलोक्ट्रोल मतसहित प्रत्यक्षनिर्वाचनमा सात करोड ५४ लाख नौ हजार ३१० मत प्राप्त गर्नुभएको भने उहाँका प्रतिद्वन्दी राष्ट्रपति डोनाल्ड ट्रम्पले २१४ इलेक्ट्रोलमतसहित सात करोड ११ लाख २१ हजार २५३ मत प्राप्त गर्नुभएको अझै पनि जर्जिया एरिजोना राज्यको अन्तिम नतिजाआइसकेको छैन नवनिर्वाचित राष्ट्रपति जो वाइडेनले आगामी जनवरी २० बाट आफ्नो कार्यभार सम्हाल्नुहुनेछ त्यस अगाडि शक्तिरुपान्तरण समूहमार्फत् विभिन्न काममा सहभागी हुनुहुनेछ ।(रासस)

sp sp

Recent Posts

हार्दिक आईभिएफले प्राप्त गर्‍यो ISO प्रमाणपत्र : अब नेपालमै विश्वस्तरीय फर्टिलिटी सेवा

काठमाडौं – नेपालको अग्रणी फर्टिलिटी केन्द्र हार्दिक आईभिएफले ISO 9001:2015 प्रमाणपत्र प्राप्त गर्दै आफ्नो सेवा…

55 years ago

बिस्केट जात्राले भक्तपुरमा नयाँ वर्षको रौनक थप्यो 

८ चैत — बिस्का (बिस्केट) जात्रा तथा नयाँ वर्ष २०८२ को अवसरमा भक्तपुरमा भव्य शुभकामना…

55 years ago

टोकियो विश्वविद्यालयले सन् २०२७ देखि नयाँ विभाग सुरु गर्दै, जसअन्तर्गत सबै कक्षाहरू अङ्ग्रेजी भाषामा संचालन गरिनेछ

काठमाडौँ, टोकियो विश्वविद्यालयले सन् २०२७ को सेप्टेम्बरदेखि एक विशेष पाँच वर्षीय संयोजन स्नातक र स्नातकोत्तर…

55 years ago

झापा बिर्तामोडका डा. सुमन खरेल प्रगतिशील प्राध्यापक संगठनको महासचिव पदका उम्मेदवार

बिर्तामोड — नेपाल प्रगतिशील प्राध्यापक संगठनको आसन्न ११औँ केन्द्रीय अधिवेशनका लागि झापा, बिर्तामोडका डा. सुमन…

55 years ago

रवि लामिछाने पक्राउ

काठमाडौं –  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुर, बुटवल इजलासको…

55 years ago

आन्तरिक र बाह्य दबाबमा महानगर प्रमुख बालेन्द्र साह

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)सँग आन्तरिक र बाह्य शक्तिहरू असन्तुष्ट बन्दै गएका…

55 years ago