नेपाली दूतावास बेलायतको आयोजनामा नेपाल विकास सम्मेलन सम्पन्न

लण्डन। नेपाली दूतावास बेलायतले शनिबार नेपाल विकास सम्मेलनको आयोजना गरेको सम्मेलनमा संयुक्त अधिराज्यका लागि नेपालीराजदूत डा दुर्गाबहादुर सुवेदीले बेलायतमा रहेका नेपाली समुदायले नेपाल बेलायतबीचको सम्बन्धलाई थप प्रवद्र्धन गर्न योगदानगरिरहेको बताउनुभयो उहाँले नेपाल सरकारले अघि सारेकोसमृद्ध नेपाल, सुखी नेपालीको अभियान संयुक्त राष्ट्रसङ्घको दिगोविकासका लक्ष्यहरु हासिल गर्न विदेशमा रहेर विभिन्न क्षेत्रमा दक्षता तथा अनुभव हासिल गरेका नेपाली विज्ञहरुको भूमिका महत्वपूर्णहुने बताउनुभयो।

सम्मेलनमा बेलायतको लीड्स विश्वविद्यालयका प्राध्यापक डा. सूर्यप्रसाद सुवेदीलेनेपालको विकासका लागि आर्थिक कुटनीतिसम्बन्धमा प्रकाश पार्नुभएको थियो यसैगरी, हडर्सफिल्ड विश्वविद्यालयका प्राध्यापक डा पदम सिम्खडालेनेपाली आप्रवासीकामदारको स्वास्थ तथा हितका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो अक्सफोर्ड विश्वविद्यालयमा प्राध्यापनरत डा कृष्णप्रसादअधिकारीलेनेपालका सामुदायिक  सङ्घ संस्थाहरुका कार्य त्यसको स्थानीय सरकारसँगको सम्बन्धका बारेमा कार्यपत्र प्रस्तुतगर्नुभएको  थियो सम्मेलनमा यूनिर्भसिटी कलेज अफ लण्डनमा प्राध्यापनरत डा पुनम यादवलेतथ्याङलाई लिङ्गको आधारमाछुट्याउन किन आवश्यक ?’ भन्ने विषयमा प्रस्तुति गर्नुभएको थियो

यस्तै क्विन एलिजाबेथ अस्पतालमा कार्यरत तथा आर्डेन विश्वविद्यालयमा प्राध्यापनरत डा बच्चुकैलाश कैनीलेनेपालमा स्वास्थ्यक्षेत्रको विकासका बारेमा कार्यपत्र प्रस्तुत  गर्नुभएको  थियो बेलायतको ट्रान्सपोर्ट फर लण्डनमा मुख्य यातायात मोडेलरका रुपमाकार्यरत डा वीरेन्द्र श्रेष्ठलेकाठमाडौँको ट्राफिक व्यवस्थापनका लागि बेलायतको अनुभवसम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो बेलायतको रोयल बोटानिक गार्डेन एडिनबरामा कार्यरत जैविक विविधतासम्बन्धी बैज्ञानिक डा भाष्कर अधिकारीलेनेपालको विकासमावनस्पति विज्ञानसम्बन्धी संयुक्त अनुसन्धानको महत्वसम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।

सम्मेलनमा बेलायतका दुई प्रतिष्ठित अक्सफोर्ड हल विश्वविद्यालयबाट महाविद्यावारिधि उपाधिद्वारा विभुषित प्राध्यापक डा सूर्यप्रसादसुवेदीलाई राजदूत डा सुवेदीले अभिनन्दन गर्नुभएको थियो

sp sp

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago