क्वारेन्टाइनबाट भागेर घर पुगेका युवामा कोरोना संक्रमण

पाल्पा । क्वारेन्टाइनबाट भागेर घरमा पुगेका युवामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएसंगै सिंगो गाउँ नै आतंकित बनेको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीका अनुसार ती युवाको स्वाब संकलन गरेर परीक्षणको लागि भैरहवा प्रयोगशाला पठाइएको थियो र आइतबार विहान उनको रिपोर्ट पोजेटिभ थियो ।
रम्भा माध्यमिक विद्यालय ताहुमा निर्माण भएको क्वारेन्टाइनमा संक्रमित युवा बसेका थिए। उनी १० दिन पहिले भारतबाट आएका थिए । रिपोर्ट आउन ढिला भएको भन्दै उनी रिसाएर शुक्रबार राती भागेर आफ्नो घर गएका थिए। शनिबार दिउँसो ती युवालाई प्रहरीले नियन्त्रणमा लिएर पुनः क्वारेन्टाइनमा राखेको थियो ।
संक्रमण भएका युवाको गाउँ ओमभञ्ज्याङलाई अहिले पूर्ण रुपमा शिल गरिएको छ । यहाँका मानिसलाई बाहिर जान रोक लगाइएको छ। भने बाहिरबाट त्यहाँ जान निषेध गरिएको छ । ओम भञ्ज्याङमा प्रहरी परिचालन गरिएको उनले बताए। सोमबार स्वास्थ्यकर्मीको टोली पुगेर कन्ट्याक्ट ट्रेसिङ गरेर स्याम्पलको रुपमा स्वाब संकलन गर्ने तयारी भइरहेको रम्भा गाउँपालिकाले जनाएको छ ।
केही दिन अगाडी पाल्पालाई संक्रमण शुन्य भएको बताईएको थियो । क्वारेन्टाइनमा बसेकाहरुलाई परिक्षण नै नगरी घरघरमा पठाइएको थियो जसकाकारण समुदायमा त्रास कायम नै छ ।

bhabindra gautam

Recent Posts

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago

सुनसरी–१ मा हर्कराज राई (हर्क साम्पाङ) विजयी, मेयरबाट राजीनामा दिएर बने सांसद

सुनसरी — सुनसरी क्षेत्र नम्बर–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) प्रतिनिधिसभा…

56 years ago