पाल्पा । झारफुक गर्ने क्रममा बोक्सीको आरोप लगाई कुटपिट गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । रामपुर नगरपालिका–८ सिद्धबाबास्थित कालीगण्डकी नदीको किनारमा रहेको पौवामा झारफुक गर्ने नवलपुर देवचुली – ४ का ५६ वर्षीय बुद्धि पुडासैनी र सोही स्थानकी ३७ वर्षीया यममाया कुमाललाई पक्राउ गरेको हो ।
स्थानीय बलबहादुर कुमाल र १७ वर्षीय किशोरीलाई कुटपिट तथा अमानविय व्यवहार गरेको आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना अधिकारी मदन गिरीले जानकारी दिए । पीडित कुमालले बोक्सीको आरोप लगाएर आफूहरुलाई अमानवीय व्यवहार गरेको उजुरी गरेपछि उनीहरुलाई पक्राउ गरि कारबाही अघि बढाईएको पाल्पा प्रहरीले जनाएको छ । कुटपिटबाट घाइते बनेकी किसोरीको शरिरमा चोटपटक भएका कारण तानसेन स्थित लुम्बिनी मेडिकल कलेजमा उपचार भईरहेको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…