कुपन प्रणालीबाट दुईसय छपन्न लाई राहत बितरण

सन्ताेष गहतराज
चैत्र २६, पाल्पा
कोरोना भाइरसको कारण नेपाल लकडाउन भएपछि वडामा रहेका बिपन्न समुदाय लाइ कुपन प्रणालीद्वारा राहत बितरण गरिएको छ । तानसेन नगरपालिका वडा नं ७ ले वडा वडा बसी तथा बाहिर बाट विभिन्न कामको सिलसिलामा आएर काेठा भाडामा बस्ने २ सय ५६ जनालाई खाद्यान्न वितरण गरेकाे हाे । लकडाउन पछि दैनिक जीवन यापन गर्न गाह्रो भएका अति विपन्न, अपांग, एकल महिला तथा दैनिक ज्यालादारीमा कामगरि काेठा भाडामा बस्ने नागरिकहरूलाई वडा कार्यालयले मापदण्ड बनाएर राहत स्वरुप खाद्यान्न वितरण गरेकाे वडा अध्यक्ष मुक्तिराम जिसीले बताउनु भयाे । याे समयमा जसले दैनिक रूपमा ज्यालादारी गरि जीविकाे पार्जन गर्दछ त्यस्ता नागरिकलाई राहत पाउँदा अमृत हुने बताउदै अार्थिक स्थिति बलियो भएका नागरिकले राहत लिएमा महापाप लाग्ने भन्दै यस्तो परिस्थितिमा बलियो अार्थिक स्थिती भएका नागरिकलाई सहयाेग गर्न आग्रह गर्नुभयाे । वडा भित्रका काेहि नागरिककाे दैनिक जीवनयापन गर्न गाह्रो भएमा वडा अध्यक्षलाई सम्पर्क पनि आग्रह गर्नु भयाे । ४ जना  सदस्य सम्मको परिवारलाई १५ किलो चामल, र ४ जना  सदस्य माथिको परिवारलाई ३० किलो चामल सहित दाल, चिनी, तेल, लगाएत का खाद्यान्न वितरण गरेकाे वडा सदस्य नर बहादुर थापाले जानकारी दिनुभयो । अहिले राहत वितरणकाे गर्नकाे लागि वडाकाे सिफारिस लिई टोकनको माध्यमबाट वितरण गर्ने नया ब्यवस्था ल्याएकाे छ ।

bhabindra gautam

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago