सन्ताेष गहतराज
चैत्र २६, पाल्पा
कोरोना भाइरसको कारण नेपाल लकडाउन भएपछि वडामा रहेका बिपन्न समुदाय लाइ कुपन प्रणालीद्वारा राहत बितरण गरिएको छ । तानसेन नगरपालिका वडा नं ७ ले वडा वडा बसी तथा बाहिर बाट विभिन्न कामको सिलसिलामा आएर काेठा भाडामा बस्ने २ सय ५६ जनालाई खाद्यान्न वितरण गरेकाे हाे । लकडाउन पछि दैनिक जीवन यापन गर्न गाह्रो भएका अति विपन्न, अपांग, एकल महिला तथा दैनिक ज्यालादारीमा कामगरि काेठा भाडामा बस्ने नागरिकहरूलाई वडा कार्यालयले मापदण्ड बनाएर राहत स्वरुप खाद्यान्न वितरण गरेकाे वडा अध्यक्ष मुक्तिराम जिसीले बताउनु भयाे । याे समयमा जसले दैनिक रूपमा ज्यालादारी गरि जीविकाे पार्जन गर्दछ त्यस्ता नागरिकलाई राहत पाउँदा अमृत हुने बताउदै अार्थिक स्थिति बलियो भएका नागरिकले राहत लिएमा महापाप लाग्ने भन्दै यस्तो परिस्थितिमा बलियो अार्थिक स्थिती भएका नागरिकलाई सहयाेग गर्न आग्रह गर्नुभयाे । वडा भित्रका काेहि नागरिककाे दैनिक जीवनयापन गर्न गाह्रो भएमा वडा अध्यक्षलाई सम्पर्क पनि आग्रह गर्नु भयाे । ४ जना सदस्य सम्मको परिवारलाई १५ किलो चामल, र ४ जना सदस्य माथिको परिवारलाई ३० किलो चामल सहित दाल, चिनी, तेल, लगाएत का खाद्यान्न वितरण गरेकाे वडा सदस्य नर बहादुर थापाले जानकारी दिनुभयो । अहिले राहत वितरणकाे गर्नकाे लागि वडाकाे सिफारिस लिई टोकनको माध्यमबाट वितरण गर्ने नया ब्यवस्था ल्याएकाे छ ।
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…
सुनसरी — सुनसरी क्षेत्र नम्बर–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) प्रतिनिधिसभा…
झापा, फागुन २४ — प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत झापा क्षेत्र नम्बर–४ मा राष्ट्रिय स्वतन्त्र पार्टी…