भविन्द्र गौतम, २६ चैत्र, पाल्पा
जरो किलो प्रतिष्ठान नेपालले नयाँ बर्षको पहिलो दिन घरघरमा दीप प्रजवलन गर्न आह्वान गरेको छ । ऐतिहासिक कालमा नेपालबाट प्रारम्भ भई हाल विश्वकै साझा सम्पदाका रुपमा रहेको विक्रम सम्बतको नयाँ वर्ष २०७७ सालको पहिलो दिन अर्थात् २०७७ बैशाख १ गते घरघरमा दिप प्रजवलन गर्न सबै देशबासिलाइ अनुरोध गरेको छ । साँझ ६.०० बजे दीप प्रज्वलन सहित नयाँ वर्षको शुभकामना, महाव्याधि लगायतका समस्याहरुबाट मुक्तिको लागि प्रार्थना र वैश्विक ऐक्यबद्धतामा सहभागी आव्हान गर्दै दीप प्रज्ज्वलनको समयमा घण्ट, शंख, डमरु, डम्फू, ढ्यांग्रो, झ्याली / झुर्मा वा अन्य कुनै परम्परागत बाजा पनि बजाउनुहुन पनि अनुरोध छ । आफ्नो साधना पद्धतिअनुसार मन्त्र जप, भजन / कीर्तन, श्लोक पाठ वा अन्य परम्परागत मंगलमय क्रियाकलाप गर्न जरो कोलो प्रतिस्ठानका सस्थापक डा. निर्मलमणी अधिकारीले अनुरोध गर्नुभयो । २०७७ बैशाख १ गते साँझ ६.२३ बजेसम्म अमृत समय भएकाले उक्त समयभित्रैमा दीप प्रजवलन गर्न डा. अधिकारीले आग्रह गर्नुभयो । जरो किलो प्रतिष्ठान नेपालले नेपालको मौलिक सस्कृती, भाषा, परम्परा सिद्धान्तका बारेमा कार्य गर्दै आएको छ ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…