{"source_sid":"58B6863C-C027-4797-AC4C-DBB8E30ACC07_1586267118031","subsource":"done_button","uid":"58B6863C-C027-4797-AC4C-DBB8E30ACC07_1586264273612","source":"other","origin":"gallery"}
जापान । कास्कि पोखरा समाज जापानले जापानमा रहेका नेपाली हरुलाई कोरोना भाईरस बिरुद्ध एकजुट गर्न अनलाईन तथ्याङक (डाटा) संकलन शुरुवात गरेको छ ।
कास्कि पोखरा समाज जापानका अध्यक्ष बिकास श्रेष्ठका अनुसार कोरोना भाईरस (कोभिड-१९) को शुरुवात भएपछि जापानबासि नेपालीहरुमा कोरोना भाईरसका बारेमा डर र त्रास भएपनि यसका लक्षण पत्ता लगाउन सजिलो नभएको गुनासो आए पछि प्रश्न सहितको अनलाईन फारम बनाई तथ्यांक संकलन शुरु गरिएको जानकारी गराउदै यसले तथ्थाकले कोरोना भाईरस लागेको पत्ता लगाउन मद्दत पुर्याउने छ भने सक्रमणको आशंक गरिएको ब्यक्तिको पहिचानमा पनि सहज हुने बताउनु भयो ।
कोरोना भाईरसले संक्रमण पछि हुन सक्ने लक्षणहरुलाई समेटी अनलाई फारममा प्रश्नहरु बनाई राखिएको हुदा प्रश्नको उत्तर दिदा आफुलाई कोरोना संक्रमण भएको वा नभएको सजिलोसग बुझ्न सकिने भएकाले यस अभियान शुरु गरिएको समाजका महासचिव कमल बास्तोलाले बताउनु भयो ।
कास्की पोखरा समाज जापानका अनुसार संकलन भएका तथ्याङ्कहरु टोकियो स्थित नेपाली दूतबास गैरआवसिय नेपाली संघ सहित जापानको कोरोना भाईरस केन्द्रलाई प्रदान गरिने समाजका प्रवक्ता बिशु भन्डारीले बताउनु भयो ।
समाजले यस अभियानलाई सहयोग गर्न अनुरोध गर्दै सहभागी हुन आब्हान गरेको छ ।
लिङ्कhttps://docs.google.com/forms/d/e/1FAIpQLSffALVWLq2ag6x6OUs-3AZ40kTZ2fUkhT6xBOp0MYzakR5qQw/viewform?fbclid=IwAR3MjMjNpPhSiZx6OqIGtC330byoJmLSkRSgkIw1oO-rDEcuA6CPdhbXRes
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…