अमेरिकामा पहिलो अश्वेत रक्षामन्त्री

काठमाडौं। नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले रक्षामन्त्रीका रूपमा सेनाका निवृत्त जनरल लोयड अस्टिनलाई चुनेका छन्।

उनी रक्षामन्त्रीमा नियुक्त भएपछि अमेरिकी इतिहासमै उक्त पदमा पुग्ने पहिलो अश्वेत नागरिक हुनेछन्। अमेरिकी मिडियाले यो समाचारप्रकाशित गरेका छन्।

फोटो फाईल

लोयड फोर स्टार जनरल हुन्। उनी युद्ध मैदानमा ख्याति कमाएका व्यक्ति हुन्। अब उनलाई बाइडेनले पेन्टागनमा रक्षामन्त्री पद सम्हाल्नचुनेका हुन्।

अमेरिकी न्युज वेबसाइटपोलिटिकोका अनुसार लोयड यस्ता अश्वेत जनरल हुन्, जसले सेनाको एक डिभिजनको युद्ध मैदानमा नेतृत्वगरेका थिए। मंगलबार बिहान उनको नियुक्तिको घोषणा गरिएको हो।

अमेरिकी सेनाको सेन्ट्रल कमान्डबाट उनी २०१६ मा निवृत्त भएका थिए। राष्ट्रपतिमा बाइडेनको जितपछि उनलाई रक्षामन्त्रीको प्रवलदाबेदारका रुपमा हेरिँदै आएको थियो।

पूर्वराष्ट्रपति बाराक ओबामाका एकजना सहयोगीलाई पनि यो पदको दाबेदारका रूपमा हेरिएको थियो। तर, उनलाई उछिनेर लोयडचुनिए। विगत केही सातादेखि बाइडेनमाथि कुनै अश्वेतलाई रक्षामन्त्रीका रुपमा चुन्न दबाब पर्दै आएको थियो।

बाइडेनका एक सहयोगी बेन्नी थम्सनले दक्षिणी क्षेत्रमा बसोबास गर्दै आएका सेनामा शानदार छवि बनाएका लोयडको नियुक्ति उचितभएको बताएका छन्। जनरल लोयड रक्षामन्त्रीका लागि एकदमै उचित पात्र भएको उनको भनाइ थियो।

लोयड अमेरिकाको संकटको समयमा सधैं खरो साबित हुँदै आएका सेना हुन्। सेनामा उनको ठूलो सम्मान छ। लोयडमाथि बाइडेनकोभरोसा यसकारण पनि कि, उनी उपराष्ट्रपति छँदा सँगै काम गरेका थिए। 

इराक संकटका क्रममा पनि बाइडेन लोयडले सँगै काम गरेका थिए। उनी इराकमा अन्तिम अमेरिकी कमान्डिङ जनरल थिए। (एजेन्सी)

sp sp

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago