डा सरोज कँडेल चितवन समाज जापान नागोया क्षेत्रिय समिति बाट सम्मानित हुनु भएकोछ ।

जापान । डा सरोज कँडेललाई जापानको नागोया शहरमा सम्मान गरिएको छ। चितवन समाज, जापानका निवर्तमान अध्यक्ष समेत रहेका कँडेललाई सनिवार जापनिज भाषा विधार्थीको रुपमा जापान आएर पिएचडी गर्न सफल भएको भन्दै चितवन समाज , नागोया क्षेत्रिय समितिको आयोजनामा सम्मान कार्यक्रम मार्फत सम्मान गरिएको हो।

कँडेलले चितवन राष्ट्रिय निकुञ्ज अन्तर्रगत पर्ने संरक्षित क्षेत्र र स्थानीय समुदाय बीचको सह -अस्तित्वका लागि इकोटोरिजमको भूमिका” सम्बन्धी बिषयमा पिएचडी गरेका हुन् । सन् २oo४ जुलाईमा जापनिज भाषा विध्यार्थीको रुपमा जापान आएका कँडेलले जापानकै प्रतिष्ठित विश्वबिध्यालय मध्ये पर्ने नागोया विश्वबिध्यालयबाट पिएचडी गरेका हुन्। कँडेलले जापान आएको ६ महिना भित्रै छात्रवृत्ति पाएको सम्झदैं मेहेनत गरे केही पनि असम्भव नभएको बताए ।

कँडेललाई सम्मान पत्र सहित दोसल्ला ओडाई सम्मान गरिएको थियो। कार्यक्रममा जापानमा रहेको विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधीहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा समाजका क्षेत्रिय सचिव सन्तोश विकले आगान्तुकलाई स्वागत मन्तव्य मार्फत स्वागत गरेका थिए।

कार्यक्रम प्रमुख अतिथि चितवन समाजका सल्लाहकार एवं एनआरएनए आईसिसिका मानार्थ सदस्य डिलाराम खरेलको प्रमुख आतित्थतामा सम्पन्न भएको थियो। कार्यक्रयमा पत्रकार एवं गल्कोट समाज जापानका सल्लाहकार भवानी पन्त, एनआरएनए , नागोयाका संरक्षण अर्जून केसी , नेपाली विद्यार्थी समाज, जापानका अध्यक्ष कृष्ण भूषाल , एनआरएनए , नागोयाका संयोजक श्याम शितल , गल्कोट समाज जापानका अध्यक्ष यम खत्रीले कँडेललाई वधाई एवं शुभकामना व्यक्त गरेका थिए । त्यस्तै चितवन समाज जापानका सचिव तथा पत्रकार कविकिरण न्यौपाने , एनआरएनए जापानका पूर्व कार्यसमिति सदस्य एवं व्यवशायी चिरंजीवी सिग्देल , चितवन समाज नागोयाका निर्वतमान अध्यक्ष रामु खरेल, एनआरएनए जापानका सचिव विष्णुप्रसाद घिमिरे , उपाध्यक्ष दिपक कार्की , एनआरएनए आईसिसि सदस्य दिपक घिमिरे, एनआरएनए एसिया प्यासिफिकका संयोजक गोविन्द्र श्रेष्ठ लगाएतका महानुभावहरुले डा कँडेललाई बधाई व्यक्त गर्दै जापानबाट प्राप्त ज्ञान नेपाल र नेपालीका लागि लगाउन आग्रह गरेका थिए। साथै जापान आएका विधार्थीहरुलाई कँडेलवाट प्रेरणा लिएर अघि वढ्न उनिहरुले सुझाए । कार्यक्रम चितवन समाज , नायोमा क्षेत्रिय समितिका अध्यक्ष शिव न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रम सञ्चालन एनआरएनए जापानका पूर्व प्रवक्ता एवं पत्रकार सन्देश पोखरेलले गरेका थिए।

 

Bishawas Acharya

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

56 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

56 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

56 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

56 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

56 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

56 years ago