डा सरोज कँडेल चितवन समाज जापान नागोया क्षेत्रिय समिति बाट सम्मानित हुनु भएकोछ ।

जापान । डा सरोज कँडेललाई जापानको नागोया शहरमा सम्मान गरिएको छ। चितवन समाज, जापानका निवर्तमान अध्यक्ष समेत रहेका कँडेललाई सनिवार जापनिज भाषा विधार्थीको रुपमा जापान आएर पिएचडी गर्न सफल भएको भन्दै चितवन समाज , नागोया क्षेत्रिय समितिको आयोजनामा सम्मान कार्यक्रम मार्फत सम्मान गरिएको हो।

कँडेलले चितवन राष्ट्रिय निकुञ्ज अन्तर्रगत पर्ने संरक्षित क्षेत्र र स्थानीय समुदाय बीचको सह -अस्तित्वका लागि इकोटोरिजमको भूमिका” सम्बन्धी बिषयमा पिएचडी गरेका हुन् । सन् २oo४ जुलाईमा जापनिज भाषा विध्यार्थीको रुपमा जापान आएका कँडेलले जापानकै प्रतिष्ठित विश्वबिध्यालय मध्ये पर्ने नागोया विश्वबिध्यालयबाट पिएचडी गरेका हुन्। कँडेलले जापान आएको ६ महिना भित्रै छात्रवृत्ति पाएको सम्झदैं मेहेनत गरे केही पनि असम्भव नभएको बताए ।

कँडेललाई सम्मान पत्र सहित दोसल्ला ओडाई सम्मान गरिएको थियो। कार्यक्रममा जापानमा रहेको विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधीहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा समाजका क्षेत्रिय सचिव सन्तोश विकले आगान्तुकलाई स्वागत मन्तव्य मार्फत स्वागत गरेका थिए।

कार्यक्रम प्रमुख अतिथि चितवन समाजका सल्लाहकार एवं एनआरएनए आईसिसिका मानार्थ सदस्य डिलाराम खरेलको प्रमुख आतित्थतामा सम्पन्न भएको थियो। कार्यक्रयमा पत्रकार एवं गल्कोट समाज जापानका सल्लाहकार भवानी पन्त, एनआरएनए , नागोयाका संरक्षण अर्जून केसी , नेपाली विद्यार्थी समाज, जापानका अध्यक्ष कृष्ण भूषाल , एनआरएनए , नागोयाका संयोजक श्याम शितल , गल्कोट समाज जापानका अध्यक्ष यम खत्रीले कँडेललाई वधाई एवं शुभकामना व्यक्त गरेका थिए । त्यस्तै चितवन समाज जापानका सचिव तथा पत्रकार कविकिरण न्यौपाने , एनआरएनए जापानका पूर्व कार्यसमिति सदस्य एवं व्यवशायी चिरंजीवी सिग्देल , चितवन समाज नागोयाका निर्वतमान अध्यक्ष रामु खरेल, एनआरएनए जापानका सचिव विष्णुप्रसाद घिमिरे , उपाध्यक्ष दिपक कार्की , एनआरएनए आईसिसि सदस्य दिपक घिमिरे, एनआरएनए एसिया प्यासिफिकका संयोजक गोविन्द्र श्रेष्ठ लगाएतका महानुभावहरुले डा कँडेललाई बधाई व्यक्त गर्दै जापानबाट प्राप्त ज्ञान नेपाल र नेपालीका लागि लगाउन आग्रह गरेका थिए। साथै जापान आएका विधार्थीहरुलाई कँडेलवाट प्रेरणा लिएर अघि वढ्न उनिहरुले सुझाए । कार्यक्रम चितवन समाज , नायोमा क्षेत्रिय समितिका अध्यक्ष शिव न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रम सञ्चालन एनआरएनए जापानका पूर्व प्रवक्ता एवं पत्रकार सन्देश पोखरेलले गरेका थिए।

 

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago