गर्भावस्थामा हुने स्ट्रेच मार्क्सलाई यसरी कम गर्न सकिन्छ ।

बैशाख २५ । गर्भावस्थामा शरीर परिवर्तन हुने हुँदा महिलाहरूमा स्ट्रेच मार्क्स देखिनु एक साधारण समस्या मानिन्छ । गर्भमा बच्चालाई बढ्नको लागि ठाउँ चाहिने हुँदा शरीरको तौल र आकारमा परिवर्तन आउँछ ।

छालाहरू अत्यधिक तनिएमा छालामा रहेको कोलेजेन टिश्यू कमजोर भएर टुक्रिन थाल्छन् । छालामा सुरुमा गुलाबी वा रातो रंगका दागहरू देखिन्छन् जुन पछि सेतो रेखामा परिणत हुन्छ, जसलाई सामान्य भाषामा स्ट्रेच मार्क्स भनिन्छ । गर्भावस्थाको दोस्रो र तेस्रो महिनामा स्ट्रेच मार्क्स पेटका साथै स्तन, तिघ्रा र पछाडिको भागमा देखा पर्न थाल्छ ।

गर्भावस्थामा बाहेक द्रुत तौल बढ्नु वा घट्नु, आनुवंशिक र हर्मोनका कारण पनि स्ट्रेच मार्क्स आउन सक्छन् । सदाका लागि रहिरहने हुँदा स्ट्रेच मार्क्स गर्भावस्थाको त्यस्तो प्रभाव हो जुन कुनै महिलालाई मन पर्दैन । तर, समयमै ध्यान दिइएमा यसलाई केही हदसम्म कम गर्न र हल्का गर्न सकिन्छ । पेट तथा स्ट्रेच मार्क्सहरू आउने सम्भावना भएको छालालाई हाईड्रेट गर्नका लागि राम्रो मोइस्चराइजरको प्रयोग गर्नुपर्छ ।

नरिवल तेल, कोको बटर, बदाम तेल, शिया बटर जस्ता तेलहरूमा एन्टीआक्सीडन्ट गुणहरू छन्, जसले नयाँ छाला सिर्जना गर्न र छालालाई स्वस्थ राख्न मद्दत गर्दछ । साथै एलोबेरा जेलको पनि प्रयोग गर्न सकिन्छ । स्ट्रेच मार्कहरूबाट बच्नको लागि शरीरको तौललाई नियन्त्रण गर्नुपर्छ । छोटो समयमा धेरै तौल बृद्धि भएमा छाला बढी फैलिन्छ जसका कारण स्ट्रेच मार्क गाढा हुन्छ ।

गर्भावस्थामा नियमित व्यायामले रक्तसञ्चार राम्रो हुन्छ जसले गर्दा छालाको लचिलोपन रहिरहन्छ । व्यायामका कारण आउने पसीनाको शरीरबाट विषाक्त पदार्थहरू हटाएर, तौल बढ्न दिदैन जसले गहिरो स्ट्रेच मार्क्सहरू हटाउन मद्दत गर्दछ । गर्भवती हुँदा वा नहुदा स्वस्थ छालाको लागि धेरै पानी पिउनु सधैं आवश्यक हुन्छ । पानीले डिटोक्सिफिकेसन गर्नुका साथै छालामा चमक कायम राख्न मद्दत गर्दछ । दिनभर कम्तिमा ८ देखि १० गिलास पानी पिउनुपर्छ ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago