5 यस्ता विशेषता जुन युवाहरूको रोजाइमा परेकोछ २०० सीसीको मोटरसाइकल

बिहीबार  वैशाख २५, काठमाडौं।

अहिलेको समयमा पावरफुल र मस्कुलरमोटरसाइकलको प्रयोग गर्नेहरुको संख्या दिनानुदिन बढ्दै गएको छ । युवा पुस्ताहरुजति सुकै खर्च गरेर भएपनि पावरफुल मोटरसाइकल किन्न तयार हुनेहरु अहिले धेरै देखिन्छन् ।

पावर मोटरसाइकलमा देखिएको यस्तो क्रेजका कारण अटोमोबाइल कम्पनीहरुले पनि पावरफुल र मस्कुलर मोटरसाइकलको उत्पादनमा जोड दिदै आएका छन् । जसमा २०० सीसी सेग्मेन्टको मोटरसाइकलमा सबैभन्दा बढी क्रेज रहेको छ ।

नेपालमा २०० सीसी क्षमताका मोटरसाइकल पर्फेक्ट मानिन्छन् । अहिले बजारमा  केटीएम ड्यूक २००, टीभीएस अपाचे आरटीआर २०० ४ भी, हिरो एक्स्ट्रीम २०० आर, बजाज पल्सार एनएस २०० ,लगायतका मोटरसाइकलहरु बढी प्रयोग हुने गरेका छन् ।

यी मोटरसाइकलको मेन्टिनेन्स शुल्क ३५० सीसी र ५००सीसीका मोटरसाइकलभन्दा निकै सस्तो रहेको छ । यी मोटरसाइकलको पार्टपूर्जा पनि धेरै महंगो छैन भने, माइलेज पनि राम्रो दिने गरेको पाइन्छ । २०० सीसीको मोटरसाइकल नेपाली बजारमा २ लाख ९० हजारदेखि ३ लाख ५० हजारको बीचमा पाउन सकिन्छ ।

यी कारण बढी रुचाइन्छ २०० सीसीका बाइक 

१. २०० सीसीका बाइक स्टाइलिस र आकर्षक शोरुपमा बजारमा ल्याइएका छन् । युवाहरुलाई लक्षित गरि ल्याइएका यस्ता मोटरसाइकलमा धेरै कलर भेरिएन्ट र डियुल टोन कलरमा उपलब्ध रहेको छ । मस्कुलर बडी र आर्कषक लुकका कारण पनि यी मोटरसाइकलको बढी माग हुने गरेको पाइन्छ ।

२.  सुरक्षाका हिसाबले पनि यी मोटरसाइकल राम्रा रहेका छन् । चौडा टायर प्रयोग र एबीएस जस्ता फिचरले २०० सीसीका बाइक निकै चर्चित रहेका छन् ।

३.  यी बाइकमा दिइएको २०० सीसी क्षमताको इन्जिनले २४ बीएचसम्म पावर प्रदान गर्छन् भने सेग्मेन्ट पफरमेन्सका हिसाबले पनि निकै राम्रो मानिन्छन् ।

४.  लामो दुरीमा यात्रा गर्नेहरुकोे रोजाईमा यस्ता मोटरसाइकलहरु पर्ने गरेका छन् । यी मोटरसाइकल चलाउन निकै आरामदायी मानिन्छन् ।

५.२०० सीसी सेग्मेन्टको मोटरसाइकलले राम्रो माइलेज दिने हुँदा बजारमा यी यस्ता मोटरसाइकलको माग धेरै रहेको छ । यी मोटरसाइकलले ४५ किलोमिटर प्रतिलिटरसम्म माइलेज दिन्छन् ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago