समाजवादी पार्टीकी सांसद सरिता गिरीबारे अध्ययन गर्न बनेको पार्टीको कार्यदलले उनलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी पदबाट हटाउन सिफारिस गरेकोमा उनलाई पार्टीबाट निस्कासन गरेको छ । यो संगै उनले अब सांसदको पद पनि गुमाएकी छिन ।
पार्टी महासचिव रामसहायप्रसाद यादवको नेतत्वमा तीन सदस्यीय कार्यदलले गिरीलाई कारबाही गर्न सिफारिस गरेको थियो । उनले लिपुलेक, लिम्पियाधुरा समेटिएको नेपालको नक्सा सहितको निसान छाप बदल्नका लागि भएको संविधान संशोधनमा पार्टी ह्वीप उल्लंघन गरेकी थिइन्।
पार्टी सचेतक उमाशंकर अरगरियाले संशोधन प्रस्ताव फिर्ता लिन भन्दै गिरीलाई निर्देशन दिए पनि उनले अस्विकार गरेकी थिइन्।
संविधानको अनुसूची ३ मा रहेको निसान छाप परिवर्तनका लागि कालापानी, लिपुलेक र लिम्पियाधुरा समावेश गरिएको नक्सा संशोधनका लागि ल्याइएको संविधान संशोधन विधेयकको उनले संशोधन प्रस्ताव हालेकी थिइन् ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…