अमेरिकी निर्वाचन नतिजा: इलेक्टरल कलेज मत बराबर भयो भने के हुन्छ?

अमेरिकी राष्ट्रपतीय निर्वाचनमा अब नतिजा आउन बाँकी रहेका राज्यहरूमध्ये जोर्जिआमा बाइडनको अन्य सबैमा ट्रम्पको पक्षमानतिजा आएको खण्डमा इलेक्टरल मत बराबर हुन जान्छ।

फोटो फाईल

कुल ५३८ इलेक्टरल मत रहेकोले दुई उम्मेदवारको २६९२६९ मत हुने सम्भावना रहन्छ।

यस्तो भयो भने को राष्ट्रपति उपराष्ट्रपतिमा निर्वाचित हुन्छ?

यसको निर्णय संसद्‌ले गर्छ।

अमेरिकी संसद्‌ले सन् १७९६, सन् १८००, सन् १८२५, सन् १८७७ मा गरी चारपटक सिर्जना हुन गएको विशेष परिस्थितिमा राष्ट्रपतिछानेको छ।

संसद्‌को भूमिका

कंग्रेस भनिने अमेरिकी संसद्‌को तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले राष्ट्रपति माथिल्लो सदन सिनेटले उपराष्ट्रपति छान्ने कानुनीव्यवस्था छ।

हाउस अफ रिप्रिजेन्टेटिभ्स भनिने तल्लो सदनमा प्रत्येक राज्यको प्रतिनिधि मण्डलले एक मत दिन पाउँछ।

यसको अर्थ त्यहाँ जम्मा ५० मत हुन्छ २६ मत प्राप्त गर्ने उम्मेदवार राष्ट्रपति चुनिन्छ।

हाउस अफ रिप्रिजेन्टेटिभ्समा डेमोक्र्याटको बहुमत छ।

सिनेट भनिने माथिल्लो सदनका १०० सदस्य सबैले मत दिएर उपराष्ट्रपति छान्छ।

अहिले सिनेटमा रिपब्लिकनको बहुमत छ।

निर्वाचन वा संसद्‌ले छान्न सकेन भने के हुन्छ?

डिसेम्बर १४ मा बस्ने प्रत्येक राज्यको इलेक्टर भनिने इलेक्टरल मत दिने प्रतिनिधिले विजयी उम्मेदवारको नाम दिन्छन्।

इलेक्टरमा दुवै दलले पठाएका पूर्वनेता वा कार्यकर्ता प्रतिनिधि हुन्छन्। कुनै तरिकाले इलेक्टरले वा मत बराबर भएको अवस्थामा संसद्‌लेराष्ट्रपति निर्वाचित गर्न सकेन भने कानुनमा कसले ज्यानुअरी २० मा राष्ट्रपतिको शपथ लिने भन्ने स्पष्ट व्यवस्था छ।

पहिलो क्रममा तल्लो सदनको सभामुख रहेका छन्। हाल सभामुख डेमोक्र्याट न्यान्सी पेलोसी रहेकी छन्।

दोस्रो क्रममा सिनेटको दोस्रो उच्च सद्स्य हुने व्यवस्था छ।

यसअघि यस्तो अवस्था कहिल्यै नआएको भएर अभ्यासमा यो कसरी हुन्छ भन्ने स्पष्ट छैन।

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago