अमेरिकी निर्वाचन नतिजा: इलेक्टरल कलेज मत बराबर भयो भने के हुन्छ?

अमेरिकी राष्ट्रपतीय निर्वाचनमा अब नतिजा आउन बाँकी रहेका राज्यहरूमध्ये जोर्जिआमा बाइडनको अन्य सबैमा ट्रम्पको पक्षमानतिजा आएको खण्डमा इलेक्टरल मत बराबर हुन जान्छ।

फोटो फाईल

कुल ५३८ इलेक्टरल मत रहेकोले दुई उम्मेदवारको २६९२६९ मत हुने सम्भावना रहन्छ।

यस्तो भयो भने को राष्ट्रपति उपराष्ट्रपतिमा निर्वाचित हुन्छ?

यसको निर्णय संसद्‌ले गर्छ।

अमेरिकी संसद्‌ले सन् १७९६, सन् १८००, सन् १८२५, सन् १८७७ मा गरी चारपटक सिर्जना हुन गएको विशेष परिस्थितिमा राष्ट्रपतिछानेको छ।

संसद्‌को भूमिका

कंग्रेस भनिने अमेरिकी संसद्‌को तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले राष्ट्रपति माथिल्लो सदन सिनेटले उपराष्ट्रपति छान्ने कानुनीव्यवस्था छ।

हाउस अफ रिप्रिजेन्टेटिभ्स भनिने तल्लो सदनमा प्रत्येक राज्यको प्रतिनिधि मण्डलले एक मत दिन पाउँछ।

यसको अर्थ त्यहाँ जम्मा ५० मत हुन्छ २६ मत प्राप्त गर्ने उम्मेदवार राष्ट्रपति चुनिन्छ।

हाउस अफ रिप्रिजेन्टेटिभ्समा डेमोक्र्याटको बहुमत छ।

सिनेट भनिने माथिल्लो सदनका १०० सदस्य सबैले मत दिएर उपराष्ट्रपति छान्छ।

अहिले सिनेटमा रिपब्लिकनको बहुमत छ।

निर्वाचन वा संसद्‌ले छान्न सकेन भने के हुन्छ?

डिसेम्बर १४ मा बस्ने प्रत्येक राज्यको इलेक्टर भनिने इलेक्टरल मत दिने प्रतिनिधिले विजयी उम्मेदवारको नाम दिन्छन्।

इलेक्टरमा दुवै दलले पठाएका पूर्वनेता वा कार्यकर्ता प्रतिनिधि हुन्छन्। कुनै तरिकाले इलेक्टरले वा मत बराबर भएको अवस्थामा संसद्‌लेराष्ट्रपति निर्वाचित गर्न सकेन भने कानुनमा कसले ज्यानुअरी २० मा राष्ट्रपतिको शपथ लिने भन्ने स्पष्ट व्यवस्था छ।

पहिलो क्रममा तल्लो सदनको सभामुख रहेका छन्। हाल सभामुख डेमोक्र्याट न्यान्सी पेलोसी रहेकी छन्।

दोस्रो क्रममा सिनेटको दोस्रो उच्च सद्स्य हुने व्यवस्था छ।

यसअघि यस्तो अवस्था कहिल्यै नआएको भएर अभ्यासमा यो कसरी हुन्छ भन्ने स्पष्ट छैन।

sp sp

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago