काठमाडौं, २० कात्तिक । गत मंगलबार सम्पन्न भएको अमेरिकी राष्ट्रपति निर्वाचनको मत गणना जारी छ । यो टिप्पणी तयारगरुन्जेलसम्म डेमोक्र्याटिक उम्मेद्वार जो वाइडनले करिब ७ करोड २० लाख मत लोकप्रिय मत प्राप्त गरेका छन् भने रिपब्लिकन उम्मेद्वारतथा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले करिब ६ करोड ८५ लाख मत प्राप्त गरेका छन् ।
लोकप्रिय मतमा बाइडनले इतिहास रचेका छन् । बाइडेनले पाएको लोकप्रिय मत अमेरिकी इतिहासमा राष्ट्रपतिका कुनै पनि उम्मेदवारलेप्राप्त गरेको सबैभन्दा बढी मत हो ।
तर, अमेरिकी राष्ट्रपतीय निर्वाचन प्रणालीमा लोकप्रिय मतको अग्रताले मात्र अन्तिम परिणामलाई निर्धारण गर्दैन । ‘इलेक्ट्रोरल कलेज’ को नियमअनुसार धेरै भोट ल्याउने हार्न र थोरै ल्याउनेले जित्न पनि सक्दछ ।
तर, अहिलेसम्म ‘इलेक्ट्रोरल कलेज’ मा पनि वाइडनकै अग्रता कायम छ । उनले २६४ मतले अग्रता लिइरहेको बताइन्छ । जबकी ट्रम्पअहिलेसम्म २१६ मा सीमित छन् । राष्ट्रपतिको निर्वाचन जित्नका लागि वाइडनलाई थप ६ ‘इलेक्ट्रोरल कलेज’ को समर्थन चहिन्छ ।२७० ‘इलेक्ट्रोरल कलेज’ को समर्थन प्राप्त गर्नेले जित्ने प्रचलन छ ।
यसको अन्तिम निर्णय हुन भने अझै दुई हप्ता लाग्न सक्ने बताइन्छ । यसो हुनुका कारणहरु छन् । यसपटक करिब १० करोड अमेरिकीमतदाताले ‘अर्ली पोष्टल भोटिङ’ गरेका थिए । यस्तो मतदान यसअघिको निर्वाचनमा करिब ३ करोड मात्र थियो । यसपटक कोरोनाकोकारणले मतदाताहरुले पोलिङ बुथमा जानुको साटो मात्रमा पोष्टल भोटिङ गरेका छन् ।
यसपटकको पोष्टल भोटिङ इतिहासकै सर्वाधिक हो । पोष्टल भोटिङको अन्तिम गणनाले कतिपय राज्यको अग्रता परिवर्तन हुन सक्नेबताइन्छ । तथापि पोष्टल भोटिङको अनुपात डेमोक्र्याटिक उम्मेद्वारहरुको अनुकूल हुन सक्ने अनुमान छ ।
अमेरिकी मतदानको प्रवृति विश्लेषण गर्दा डेमोक्र्याटिक मतदाताहरु अर्ली भोटिङ मन पराउँछन् भने रिपब्लिकन मतदाताहरु मतदानकेन्द्रमा गएर भोट हाल्न मन पराउँछन् । यो परम्परागत प्रवृत्ति र अनुमान सही सावित भएमा डेमोक्र्याटिक पार्टीका उम्मेद्वार जो वाइडनराष्ट्रपति निर्वाचित हुने छन् ।
सन् २०१६ मा निर्वाचित भई ४ वर्ष सनसनीपूर्ण शासन गरेका डोनाल्ड ट्रम्पले अमेरिकी राजनीतिको मञ्चबाट सधैंका लागि विदालिनुपर्नेछ ।
ट्रम्पले यसपटकको निर्वाचन पनि जित्न सक्ने केही सीमित कारणहरु थिए । जस्तो कि– अमेरिकी राष्ट्रपतीय कार्यकाल तुलनात्मकरुपमा छोटो ४ वर्षको मात्र हुन्छ । तसर्थ कुनै पनि राष्ट्रपतिका लागि आफ्ना सोच, नीति तथा कार्यक्रम लागू गर्न ४ वर्ष पर्याप्त समय नहुनेहुँदा दोस्रो कार्यकाल पनि जिताइने प्रचलनजस्तो थियो ।
आधुनिक अमेरिकाको करिब २४० वर्षका ५७ वटा निर्वाचनमा केवल १० जना राष्ट्रपति मात्र दोस्रो कार्यकालका लागि पराजित भएकाथिए । ट्रम्प पराजित भए उनी यसरी पराजित हुने ११औं राष्ट्रपति हुनेछन् ।
हुनतः ट्रम्पले सन् २०१६ मा पनि लोकप्रित धेरै पाएका थिएनन् । लोकप्रिय मतमा उनी आफ्नो प्रतिस्पर्धी हिलारी क्लिन्टनसँग पराजितथिए । अमेरिकी राष्ट्रपति निर्वाचनमा यस्तो हुनु अर्को दुर्लभ रेकर्ड हो । ट्रम्पअघि ४ जना राष्ट्रपति मात्र यसअघि यसरी निर्वाचित भएकाथिए । ट्रम्प लोकप्रिय मतमा पराजित भएर पनि लोकप्रिय मतले विजयी हुने ५औं राष्ट्रपति थिए ।
लोकप्रित मतमा ट्रम्पको अग्रता यसपटक पनि सम्भव देखिँदैन । वाइडनले ट्रम्पलाई धेरै पर छोडिसकेका छन् । तर रिपब्लिकनहरुको‘इलेक्ट्रोरल कलेज’ को आशा भने अझै मरी नसकेको हुन सक्दछ ।
दोस्रो कारण भने ‘गोरा राष्ट्रवाद’ को भावना थियो । अमेरिकाका स्थानीय र ग्रामिण मतदाताहरुमा अझै यो भावना बलियो छ भन्नेठानिन्थ्यो । अमेरिका एक मेल्टिङ पोट हो । यहाँ संसारभरिका विविध प्रकारका बासिन्दा छन् । नेपालीहरुको संख्या नै १० लाख कटेकोबताइन्छ । नेपालसहित दक्षिण एशियालीहरुको जनसंख्या १ करोड बढी भइसकको छ ।
अमेरिकामा चिनियाँ, अश्वेत, हिस्पानिक वा मेस्सिकन जनसंख्या उत्तिकै छ तर अझै गोरा मतदाताहरुकै बहुमत छ भन्ने आँकडा थियो ।यो आँकडाले ट्रम्पलाई ‘फेभर’ गर्ने ठानिएका थियो । यी दुई बाहेक अरु सबै कारणहरु ट्रम्पको विपरित थिए ।
रिपब्लिकन पार्टीको इतिहास आफैंमा यस्तो थिएन । रिपब्लिकन पार्टी अब्राहम लिंकनजस्ता लोकप्रिय राष्ट्रपति तथा क्रान्तिकारीराजनीतिज्ञले स्थापना गरेको पार्टी हो । अमेरिकी इतिहासमा रिपब्लिकन पार्टीले धेरै राम्रा राष्ट्रपति पनि दिएको छ ।
तर, ट्रम्पको उदय बिल्कुलै फरक प्रकृतिको थियो । ट्रम्पको उदयसँगै अमेरिकी राजनीतिको मूल संघर्ष ‘गोरा राष्ट्रवाद’ भर्सेज् ‘ बहुसांस्कृतिकतावाद’ को ध्रुवीकरण बन्न पुगेको थियो ।
अन्तिम परिणाम जे जस्ते आए पनि ट्रम्प रिपब्लिकन दाबीजस्तो लोकप्रिय राष्ट्रपति रहेनन् र उनका नीतिहरुको प्रभाव सकारात्मक थिएनभन्ने पुष्टि भएको छ ।
सन् २०१६ को निर्वाचनमा ट्रम्पको विजयलाई ‘डेमागगको उदय’ भनेर थुप्रै विद्धानहरु लेखेका थिए । त्यसलाई अमेरिकी द्वि–दलीयलोकतन्त्रको सम्भावित पतनको रुपमा विश्लेषण गरिएको थियो । ट्रम्पको पुनर्विजय भएमा विश्वभरि संर्कीण राष्ट्रवाद, विभूमण्डलीकरण, चीन विरोधी ध्रुवीकरण, नयाँ शीतयुद्ध, गैरजिम्मेवारी शासनशैली, आर्थिक संकट र कोरोना महामारी नियन्त्रणकोविश्व रणनीतिजस्ता मुद्दामा खराब नीति हावी हुने विश्वव्यापी आशंका, चिन्ता र भय थियो ।
ट्रम्पको डेमागग शैलीको विश्वव्यापी अन्धानुकरण हुन थालेको थियो । ब्राजिलका बोल्सोनारो, हंगेरी भिक्टर अर्बान, टर्कीका एर्दोगान, भारतमा मोदी र नेपालका ओलीले बहुमतीय बर्चश्ववादमा आधारित संर्किण दक्षिणपन्थी राष्ट्रवादलाई प्रेरित गरेको र विश्व राजनीति नैडेमागगहरुको चक्रब्यूहभित्र फसेको ठान्न थालिएको थियो ।
यसकारणले पनि अमेरिकी राष्ट्रपति निर्वाचन विश्वव्यापी चासोको बिषय थियो । यो केवल ट्रम्प–वाइडन, पेन्स–ह्यारिस, रिपब्लिकन–डेमोक्र्याट्सको चुनाव नभएर सर्वसत्तावाद र लोकतन्त्र, संर्किण राष्ट्रवाद र उदारवादी भूमण्डलीकरण, नश्लवादी सर्वोच्चता रबहुसाँस्कृतिकतावादी समावेशीता बीचको चुनाव बन्न पुगेको थियो ।
यही आधारमा अमेरिकी र विश्वजनमत ध्रुवीकृत थियो ।
अर्को मुख्य मुद्दा कोरोना प्रतिकार्यको शैली र तरिका थियो । ट्रम्पले कोरोना सर्वथा ‘चाइनिज भाइरस’ भनिरहे । यही बीचमा उनले विश्वस्वास्थ्य संगठनमा अमेरिकी सदस्यता फिर्ता गरेर अमेरिकी दायित्व भुक्तान नगर्ने नीति लिए ।
इबोला महामारीको समयमा ओबामाको नीति ठीक विपरित थियो । त्यो बेला अमेरिकाले विश्व स्वास्थ्य संगठनको करिब ४० प्रतिशतखर्च एक्लै बेहोरेको थियो । नभन्दै ठूलो मानवीय क्षति नहुँदै इबोला नियन्त्रण भएको थियो । कोरोना महमारीसंग लड्न अमेरिकाबाटविश्वका जनताले त्यही प्रकारको भूमिका अपेक्षा गरेका थिए ।
तर ट्रम्पले चीनलाई गाली गरेरै समय बिताए । उनले विश्वका कुनै पनि देशलाई यत्रो महामारीमा सहयोग गरेनन नत देशभित्र नै कोरोनामहामारी रोक्न कुनै सार्थक प्रयास गरे । यहाँसम्म की उनले मास्क लगाउनु पर्ने विश्व स्वास्थ्य संगठनको स्वास्थ्य मापदण्डलाई समेतनिन्दा गरे र जनतालाई मास्क नलगाउन प्रेरित गरे । कोरोना महामारी बीच स्कुल, कलेज खोल्न निरन्तर दबाब दिइरहे ।
अमेरिका कोरोनाले सबैभन्दा बढी मानवीय क्षति हुने देश बन्यो । करिब १ करोडमा संक्रमण पुग्यो । करिब २ लाख ३३ हज्जारले ज्यानगुमाइसके । अमेरिकामा विश्वको ४ प्रतिशत जनसंख्या हिस्सा थियो तर कोरोना विश्वक्षतिको २१ प्रतिशत क्षति अमेरिकामा मात्र भयो ।
सम्भवत् यी सबै घटनालाई मतदाताले नियालेका थिए । तथापि अमेरिकी समाज र निर्वाचन प्रणालीको जटिल संरचनाका कारण ट्रम्पलेनै जित्न सक्ने सम्भावना अस्वीकार गर्न सजिलो थिएन ।
अन्ततः यो भन्न सकिन्छ कि डेमागगहरुको आयु लोकतन्त्रमा लामो नहुने रहेछ । यो ट्रम्पका लागि मात्र हैन, विश्वभरिकै डेमागग रनश्लवादी राष्ट्रवादमा विश्वास गर्नेहरुका लागि प्रष्ट चुनौति हो ।(साझा पोष्टबाट साभार)
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…