Categories: समाज

माथागढिले फुलबारी गाईभैसी कृषक समुहलाई अनुदान रकम हस्तान्तरण

पाल्पा -जिल्लाकाे माथागढी गाउँपालिकाले व्यवसायीक कृषकहरूलाई एक कार्यक्रमका बिच उत्पादनमा अाधारित अनुदान कार्यक्रम अन्तर्गत वडा न ३ कसेनीमा सञ्चालित फुलबारी कृषक गाईभैसी पालन समुहका लागि रूपैयाँ ६७ हजार ७ सय ५१ कृषकहरूलाई प्रदान गरिएको छ ।


कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष सन्ताेष थापा मगरले माथागढीले अहिले पालिकाकाे विभिन्न वडाहरूलाई फरकफरक कृषि उपजमा पकेट क्षेत्र बनाउने उध्येश्यका कार्यक्रम ल्याएको बताउदै साेहि अनुसार वडा न ३ कसेनीकाे सहकारीमा अावद्व भएका १७ जनाले दूध संकलन गरेर बिक्री वितरण गरेवापत प्रतिलिटर २ रूपैयाँका दरले उक्त रकम हस्तान्तरण गरिएको बताउनुभयो ।


उक्त अनुदान हस्तान्तरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष निर्मला भट्टराई,वडा अध्यक्ष दिपक थापालेध कृषकहरूले व्यवसायी रूपमा गाइभैसी पालन गरेकाेमा धन्यवाद दिदै गाउँपालिका तथा वडाबाट गर्ने सक्ने सहयाेग अागामी दिनमा पनि गर्दै जाने बताउनु भयाे । कार्यक्रम सहकारी अध्यक्ष चन्र्द बहादुर ठागाकाे अध्यक्षतामा सम्पन्न भएको थियाे ।
गाउँपालिकाले दूध उत्पादन गर्ने कृषक समुहलाई अनुदान प्रदान गरे पछि कृषकहरू खुशी भएका छन ।

Sanjay poudyal

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago