ह्याम्समा कोरोना भेटियो

कमल पन्थी,काठमाडौं |

धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा २ जना कोरोनाका बिरामी भेटिएको कुरा स्वास्थ मन्त्रालयका प्रवक्ताले हिजो जानकारी गराएका थिए।तीबिरामीको ह्याम्समै उपचार गर्ने कार्य सुरु भएको कुरा अस्पतालका डा.शर्माले जानकारी दिइसकेका छन् । कोभिड-१९ संक्रमितको उपचार सुरु गर्नु स्वागत योग्य कुरा हो तर अन्य रोगको उपचारका लागि अस्पताल भर्ना भएका ती बिरामीहरुलाई उपचारका क्रममा संक्रमण पुष्ठि भयो।अस्पतालमा कोरोना देखिएपछी परिसर सिल गरेर उपचारमा प्रत्यक्ष-अप्रत्यक्ष सम्लग्न डाक्टर,नर्स र कर्मचारीलाई क्वारेन्टाइनमा राखेर कोरोना परिक्षण गर्नुपर्ने हो तर त्यसो नगरि ती स्वास्थकर्मीहरुलाई कोरोना संक्रमण नभएको र WHO को मापदण्ड अनुसार जाँच गरेको भन्दै कोरोना परिक्षणको आवस्यकता नभएको कुरा अस्पताल प्रशासनले जनाएको छ।

संक्रमण नभएको हुन पनि सक्ला तर आफुमा कोरोना छैन भन्ने पुष्ठि नभइ,ती स्वास्थकर्मीले निस्चिन्त भएर बिरामिको उपचार गर्न सक्लान त ! यो लापरबाहीले स्वास्थ्यकर्मीलाई मात्र नभइ उनिहरुका निकटमा रहेका घरपरिवार,आफन्त,छरछिमेकलाई पनि अप्रत्यक्ष जोखिममा पारेको छ।विशेषगरी स्वास्थ्यकर्मीको परिवारमा अहिले ठूलो डर,त्रास छाएको छ।एउटा मानिसले सम्पुर्ण व्यक्तीलाई जोखिममा पार्ने सम्भावनालाई निराकरण गर्नुपर्ने यो घडीमा जोखिमका सम्भावनाहरु झनै बढाउनु भनेको मुर्खता नहोला भन्न सकिन्न।तसर्थ नेपाल सरकारका सरोकारवाला निकायको ध्यान अविलम्ब यस तर्फ जानु आवश्यक देखिन्छ।जाँच नै नगरी स्वास्थकर्मीलाई संक्रमण भएको छैन भन्नू कतिसम्मको लापरबाही होला ! सानो हेल्चक्राइले ठुलो क्षति ननिम्तियोस।

Kamal Panthi

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago