ह्याम्समा कोरोना भेटियो

२०७७, २४ जेष्ठ शनिबार १२:२२

कमल पन्थी,काठमाडौं |

धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा २ जना कोरोनाका बिरामी भेटिएको कुरा स्वास्थ मन्त्रालयका प्रवक्ताले हिजो जानकारी गराएका थिए।तीबिरामीको ह्याम्समै उपचार गर्ने कार्य सुरु भएको कुरा अस्पतालका डा.शर्माले जानकारी दिइसकेका छन् । कोभिड-१९ संक्रमितको उपचार सुरु गर्नु स्वागत योग्य कुरा हो तर अन्य रोगको उपचारका लागि अस्पताल भर्ना भएका ती बिरामीहरुलाई उपचारका क्रममा संक्रमण पुष्ठि भयो।अस्पतालमा कोरोना देखिएपछी परिसर सिल गरेर उपचारमा प्रत्यक्ष-अप्रत्यक्ष सम्लग्न डाक्टर,नर्स र कर्मचारीलाई क्वारेन्टाइनमा राखेर कोरोना परिक्षण गर्नुपर्ने हो तर त्यसो नगरि ती स्वास्थकर्मीहरुलाई कोरोना संक्रमण नभएको र WHO को मापदण्ड अनुसार जाँच गरेको भन्दै कोरोना परिक्षणको आवस्यकता नभएको कुरा अस्पताल प्रशासनले जनाएको छ।

संक्रमण नभएको हुन पनि सक्ला तर आफुमा कोरोना छैन भन्ने पुष्ठि नभइ,ती स्वास्थकर्मीले निस्चिन्त भएर बिरामिको उपचार गर्न सक्लान त ! यो लापरबाहीले स्वास्थ्यकर्मीलाई मात्र नभइ उनिहरुका निकटमा रहेका घरपरिवार,आफन्त,छरछिमेकलाई पनि अप्रत्यक्ष जोखिममा पारेको छ।विशेषगरी स्वास्थ्यकर्मीको परिवारमा अहिले ठूलो डर,त्रास छाएको छ।एउटा मानिसले सम्पुर्ण व्यक्तीलाई जोखिममा पार्ने सम्भावनालाई निराकरण गर्नुपर्ने यो घडीमा जोखिमका सम्भावनाहरु झनै बढाउनु भनेको मुर्खता नहोला भन्न सकिन्न।तसर्थ नेपाल सरकारका सरोकारवाला निकायको ध्यान अविलम्ब यस तर्फ जानु आवश्यक देखिन्छ।जाँच नै नगरी स्वास्थकर्मीलाई संक्रमण भएको छैन भन्नू कतिसम्मको लापरबाही होला ! सानो हेल्चक्राइले ठुलो क्षति ननिम्तियोस।

Comments

ताजा खबर