चितवन। पत्रकारितामा दुई दशकभन्दा बढी समय बिताउनुभएका पत्रकार सूर्यप्रकाश कँडेलको मोसो उपन्यास बजारमा आएको छ । युरेकापब्लिकेसनले ‘मोसो’ बजारमा ल्याएको हो । पत्रकार कँडेलको पहिलो साहित्यिक कृति हो ‘मोसो’ । चितवनमा रही पत्रकारितामाक्रियाशील कँडेल नेपाल पत्रकार महासङ्घ जिल्ला कार्यसमिति चितवनका सल्लाहकारसमेत हुनुहुन्छ । विसं २०५५ असोजमा चितवनसन्देश साप्ताहिकबाट पत्रकारिताको यात्रा शुरु गर्नुभएका कँडेल गहन समाचार र फिचर लेखनमा दख्खल राख्नुहुन्छ । हाल उहाँनागरिक दैनिकको चितवन संवाददाता र सफल खबर डट कमको समाचार सम्पादकका रुपमा कार्यरत हुनुहुन्छ । यसअघि उहाँले १४वर्षसम्म अन्नपूर्ण पोष्ट दैनिकको चितवन समाचारदाता भई काम गरिसक्नुभएको छ ।
व्यस्त दैनिकीका बीच उपन्यास लेखनका लागि समय मिलाउनु निकै चुनौतीपूर्ण रहेको बताउने कँडेलले पुस्तक लेख्न तीन वर्ष लागेकोबताउनुभयो । मोसो उपन्यासको कथावस्तु पत्रकारितासँग जोडिएको कँडेलको भनाइ छ ।
“उपन्यास आफैँमा एउटा बेग्लै संसार हो । त्यहाँ विभिन्न पात्र, परिवेश, घटना, वेदना, आक्रोश, द्वन्द्व, कौतुहलता हुन्छ । मोसोमा पनि यीसबै कुरा छन्”, पत्रकार कँडेल भन्नुहुन्छ, “मोसोभित्र एउटा ठूलो सामाजिक सन्देश छ । पत्रकार भन्दैमा सबै दूधले नुहाएका हुँदैनन्, पत्रकारिताको आवरणमा गलत काम पनि हुन्छन्, भएका छन् भन्ने सन्देश ‘मोसो’ बाट पाइन्छ ।” दुई सय तीस पेजको सो पुस्तककोमूल्य रु ३८५ रहेको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…