सफ्टबैंकले ४,४८० येन एयू ३,९८० येन र डोकोमो २,९८० येनको मासिक योजना ल्याउने

टोकियो ।गत सेप्टेम्बरमा प्रधानमन्त्रीको कार्यभार सम्हालेका योशिहिदे सुगाले मोबाइल सेवा प्रदायकहरुलाई बारम्बार मोबाइल फोनको शूल्क कटौतीका लागि भनिरहेका छन् ।

यसैलाई मध्यनजर गर्दै जापानको वायरलेश दूरसञ्चार सेवा प्रदायक कम्पनी एनटीटी डोकोमोले मार्चदेखि २ हजार ९८० येनको २२ गिगाबाइटका मासिक योजना ल्याउने भएको छ । कम्पनीले बिहिवार यस्तो बताएको हो ।

सरकारले मोबाइल फोनको शूल्क घटाउँन दबाब दिएसँगै केडीडीआई कर्पोरेशन र सफ्टबैंक कर्पोरेशनले अक्टोबरमा नयाँ २० गिगाबाइट योजनाको शूल्क घटाएका थिए ।

जापानको मोबाइल फोन बजारमा यी तीन कम्पनीको हिस्सा ९० प्रतिशत रहेको छ ।यो अन्य प्रतिस्पर्धी कम्पनीहरुले ल्याएको यस्तै योजना भन्दा सस्तो हो ।

एयू ब्रान्ड सञ्चालक केडीडीआईको भ्वाइस कल बिनाको मासिक प्याकेज फेबु्रअरी देखि भने ३ हजार ९८० येनमा उपलब्ध हुनेछ ।सफ्टबैंकले पनि वाई मोबाइल ब्रान्ड अन्तर्गत डिसेम्बरको अन्त्यदेखि ४ हजार ४८० येनमा २० गिगाबाइटको मासिक योजना ल्याउँदैछ । यसमा भने १० मिनेटसम्म निःशुल्क भ्वाइस कल हुनेछ । केडीडीआईको सबैभन्दा सस्तो भ्वाइक कल अप्शन मासिक ६० मिनेट भ्वाइस कललाई ५०० येन पर्नेछ ।

एनटीटी डोकोमोको नयाँ योजनामा पाँच मिनेट वा सो भन्दा छोटो अवधिको हरेक भ्वाइस कल निःशुल्क हुनेछ ।

यी योजनाहरु कम्पनीहरुको विद्यमान सेवा भन्दा निकै सस्तो हो । एनटीटी डोकोमोको मासिक ३० गिगाबाइट योजनाको मूल्य ७ हजार १५० येन पर्दछ ।

कम्पनीले २० वर्ष आसपासका युवाहरुलाई लक्षित गरेर प्रतिस्पर्धात्मक मूल्य योजना ल्याएको एनटीटी डोकोमोका अध्यक्ष तथा सीईओ मोतोयुकी ईले पत्रकार सम्मेलनमा बताए ।

 

Sanjay poudyal

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago