सर्वोच्चले कोरोना संक्रमितहरुको व्यक्तिगत विवरण बिना अनुमति सार्वजनिक नगर्न परमादेश जारी ।

काठमाडौँ  । सर्वोच्च अदालतले कोरोना भाइरस कोभिड–१९ बाट मृत्यु भएका र सङ्क्रमित व्यक्तिको वैयक्तिक विवरण सार्वजनिक नगर्न सरकारका नाममा परमादेश जारी गरेको छ ।

व्यक्तिको सहमतिबेगर त्यस्ता विवरण छाप्ने तथा सार्वजनिक गर्ने व्यवस्था तत्काल रोक्न पनि अदालतले फैसलामा भनेको छ । विवरण सार्वजनिक गर्नु प्रचलित संविधान, गोपनीयताको हकसम्बन्धी ऐन, मुलुकी फौजदारी संहिता तथा अदालतबाट प्रतिपादित नजिरविपरीत हुने फैसलामा उल्लेख छ ।

अधिवक्ताद्वय रोशनी पौड्याल र सरोजकृष्ण घिमिरेको रिटको फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै अदालतले सङ्क्रामक रोग नियन्त्रणका लागि वर्तमान कानुनी संरचनाको अध्ययन र पुनरवलोकन गर्न पनि आदेश गरेको छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र प्रकाशकुमार ढुङ्गानाको संयुक्त इजलासले साउन २१ गते गरेको फैसलाको पूर्णपाठ अदालतले सार्वजनिक गरेको हो ।

अदालतले हाल मृतक व्यक्ति मात्र नभई कोरोना सङ्क्रमितको उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीमा समेत दुुव्र्यवहार भइरहेको अवस्थाप्रति पनि सचेत गराएको छ । व्यक्तिको जिउ, आवास, पत्राचारलगायत गोप्य रहने संवैधानिक व्यवस्थालाई पनि अदालतले स्मरण गराएको छ । अदालतले कोभिडसँग जोडेर व्यक्तिको परिचय परिभाषित गर्ने अभ्यास हटाउनुपर्ने समेत फैसलामा उल्लेख गरेको छ ।

फैसलामा भनिएको छ, व्यक्तिगत पहिचानका विवरण सार्वजनिक गर्दा कोभिड–१९ सँग जुध्ने क्रममा थप जोखिमको स्थिति आई यस महामारीले जटिल रूप लिई भुसजस्तै भित्रभित्र फैलिने साथै नेपाल सरकारले महामारी रोक्न अपनाएको ‘ट्रेसिङ, ट्रयाकिङ र ट्रिटमेन्ट’ विधिमा समेत असर पर्ने हुँदा राष्ट्रिय सूचना आयोगबाट प्रकाशित २०७७ जेठ ६ गतेको सूचना बदर गरिदिएको छ । अदालतले सङ्क्रमितको विवरण सार्वजनिक नगर्दा जोखिम थप फैलने अवस्थामा जिम्मेवार निकायले यस्ता विवरण सङ्कलन गर्न सक्ने तर त्यसको गोपनीयता सम्बन्धित निकायले लिनुपर्ने पनि फैसलामा उल्लेख गरेको छ ।

अदालतले विपद् व्यवस्थापनसम्बन्धी विद्यमान कानुनी व्यवस्था पुनरवलोकन गर्न पनि सरकारलाई आदेश गरेको छ । अदालतले सङ्क्रामक रोग ऐन, २०२० ले कोरोनाजस्तो महामारी रोग नियन्त्रण र न्यूनीकरणका लागि आवश्यक संरचना नै परिकल्पना नगरेको अवस्थामा विद्यमान कानुनको पर्याप्तताबारे अध्ययन गरी प्रतिवेदनअनुसार कानुन पुनरवलोकनको प्रक्रिया अघि बढाउन पनि निर्देशनात्मक आदेश जारी गरेको छ ।

अदालतले कोरोना रोकथामका लागि गठन हुने कुनै पनि समितिमा संवैधानिक मर्मअनुसार समावेशी सिद्धान्तलाई आत्मसात् गर्न सरकारलाई निर्देशनात्मक आदेश जारी गरेको छ । अदालतले उच्चस्तरीय समन्वय समिति विघटन भए पनि कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर सीसीएमसीमा पनि महिला प्रतिनिधित्व नरहेकोतर्फ पनि ध्यानाकर्षण गराएको छ ।

अदालतले लकडाउनको अवधिमा घरेलु हिंसाका घटना बढिरहेको भन्दै यस्ता कसुरका उजुरी, मुद्दाको कारबाही, पीडितलाई राहतलगायतमा प्राथमिकता दिन पनि गृह मन्त्रालयलाई आदेश गरेको छ । निवेदनमा उच्चस्तरीय समन्वय समितिमा महिला प्रतिनिधित्वको व्यवस्था गर्न माग गरिएको थियो । यस्तै कोरोनाबाट मृत्यु भएकाको बसोबास गरेको र स्थायी ठेगाना खुलाउन सूचना आयोगले जारी गरेको निर्देशन बदरको पनि माग गरिएको छ ।

Bishawas Acharya

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

56 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

56 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

56 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

56 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

56 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

56 years ago