नवलपरासी – पूर्वी नवलपरासीका एक अभिभावकलाई विद्यालयको शुल्क नतिरेको भन्दै निजी विद्यालयका प्रिन्सिपलले कुटपिट गरी खुट्टा भाँचिदिएका छन् ।
विनयी त्रिवेणी गाउँपालिका–६ रानीनगरस्थित उज्जवल शिशु इंग्लिस सेकेन्डरी स्कुलका प्रिन्सिपल दीपक कुँवरले आफ्नै विद्यार्थीका अभिभावकलाई कुटपिट गरेर खुट्टा भाँचिदिएका हुन् ।
प्रिन्सिपलको कुटाइबाट ती अभिभावको खुट्टाको जोर्नीको हड्डी खुस्किएको जिल्ला प्रहरी कार्यालय बर्दघाट सुस्ता पूर्वका सूचना अधिकारी मोहनबहादुर खाँडले बताए । पश्चिम नवलपरासी सुस्ता गाउँपालिका–३ का घाइते कृष्णप्रसाद अचार्यका आचार्यका दुई छोराहरु सो विद्यालयमा अध्ययन गर्दर्थे ।
‘हामी दुई जना दाजुभाइ सरको विद्यालयमा नै पढेका हौं । तीन वर्षअघि एसईई दिने बेलामा अध्ययन गरेको करिब २५ –३० हजार रकम तिर्न बाँकी रहेछ,’ घाइते अभिभावकका छोरा लक्ष्मण आर्चायले भने,‘एकै पटक तिर्न नसक्ने र थोरै थोरै गरेर तिर्छौं भन्दा एक्कासी किनमेलका लागि बजार जाँदा बाटोमा नै हातपात भयो ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) मा घाईते आचार्यका छोरा राम आचार्यले भदौ ९ गते जाहेरी दर्ता गरेका छन् । जिल्ला प्रहरी कार्यालय बर्दघाट सुस्ता पूर्वका सूचना अधिकारी खाँडले प्रिन्सिपल विरुद्ध मुद्दा दर्ता भएको र आरोपितको खोजी कार्य भइरहेको बताए ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…