Categories: समाज

पाल्पाली कलाकारले गरे सिविआरका फरक क्षमता भएका विद्यार्थीलाई सहयाेग

पाल्पा मेला शुरू भए पछि व्यस्त हुने कलाकारहरू अहिले काेराेनाका कारण जिल्ला प्रशासन कार्यालयले जात्रा,मेला महाेत्सव नगर्न आदेश दिए पछि कलाकारहरू एकजुट भई पाल्पाको तानसेन स्थित मेहलधाराकाे पाल्पा सिविअारमा अध्ययन गर्ने फरक क्षमता भएका विद बिपन्न विद्यार्थीहरुलाइ लत्ता,कपडा लगाएतका सामग्री बितरण गरेका छन । समुहका अध्यक्ष किरण चित्रकारको नेतृत्वमा रहेका कलाकारहरुको समुहले पाल्पा सिबिआरको कार्यालयमै पुगी सामग्रीहरु हस्तान्तरण गरेको हो ।


कोभिड १९ का कारण यो वर्ष जात्रा गर्न नपाएपनि अघिल्ला बर्षहरुका जात्रामा सहयोग गर्ने सहयोगीहरुको उपलब्ध गराएका सामग्रीे सीबीआर संस्थामा आश्रित १३ जनाअपाङ्गता तथा अशक्त बालबालिकाहरुलाई वितरण गरिएको हो ।


समुहका अध्यक्ष किरण चित्रकारले बर्षेनी जात्रा अबसर पारेर संस्थाले सहयोग गर्ने गरेको बताउदै यस पटक भने कोरोना कहरका कारण जात्रा प्रस्तुत गर्न नसके पनी सहयोगको काम लाई निरन्तरता दिने उद्येश्यले सामग्री बितरण गरेको बताए । सिबिआरमा रहेका १३ जना र अन्य क्षेत्रमा रहेका ६ जनालाई बिभिन्न जिन्सी सहयोग गरेको चित्रकारले बताए ।

 

 

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago