पहिलोपटक एक ब्याक्ती बाट अर्को मा सर्यो कोरोना भाइरस, संक्रमीत को संख्या नौ पुग्यो

भबिन्द्र गौतम, २२ चैत्र पाल्पा

नेपालभित्र पहिलो पटक कोरोना भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सरेको छ । स्वास्थ तथा जनसन्ख्या मन्त्रालयको आधिकारिक फेसबुक पेजमा दिइएको जानकारीअनुसार धनगढीमा तीनैजना कोरोना संक्रमीत भेटिएको हो । योसँगै पहिलो पटक नेपालभित्रै एकबाट अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार भारतको मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष र उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका अर्का ४१ वर्षीय पुरूषलाई पनि कोरोना भाइरस पुष्टि भएको छ। कैलालीमा यसअघि दुबईबाट फर्किएका एक जना पुरूषमा कोरोना भाइरस देखिएको थियो भने शनिबार उनकी आफन्त एक जना ३४ वर्षीया महिलामा पनि कोरोना भाइरस पुष्टि भएको छ। ती महिला संक्रमित युवककी भाउजु भएको बुझिएको छ । कौलाली मा बिदेशबाट आएका ब्यक्तीबाट संक्रमण सरेसङै पहिलोपटक एक ब्यक्ती बाट अर्को ब्यक्तिमा कोरोना फैलिएको छ ।

एक ब्यक्ती बाट अर्को ब्यक्तिमा सन्क्रमण हुनुलाइ लोकल स्ट्रान्समिसन भनिन्छ, जसलाई कोरोना संक्रमणको दोस्रो चरण मानिन्छ । तेस्रो कम्युनिटी ट्रान्समिसन हो, जसले महामारीको चरणमा पुर्याउन भूमिका खेल्ने बिज्ञहरुले जनाएकाछन ।  

यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ९ पुगेको छ । तीमध्ये एक जना निको भइसकेका छन् भने ८ जना उपचाररत् छन् ।
Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago