व्यवसाय जीवनरक्षा कोष चाँडै कार्यान्वयनमा आउने

गण्डकी। नेपाल पर्यटक यातायात व्यवसायी सङ्घ गण्डकी प्रदेशद्वारा आज यहाँ आयोजित दोस्रो वार्षिक साधारणसभामा कोरोनाका कारणतहसनहस बनेको पर्यटनलाई पूर्ववत् अवस्थामा फर्काउनु अहिलेको आवश्यकता भएकामा जोड दिइएको

पर्यटन क्षेत्रलाई कोरोनाको महामारीले नराम्रोसँग प्रभावित बनाएको जनाउँदै कार्यक्रमका वक्ताहरुले सङ्कटमा परेको पर्यटनव्यवसायलाई सरकार तथा निजी क्षेत्र सबैको साथ सहयोगमा बचाउनुपर्ने धारणा राख्नुभयो

गण्डकी प्रदेशका भ्रमण वर्ष २०१९२०२२ का संयोजक जुद्धबहादुर गुरुङले कोरोनाका कारण गण्डकी प्रदेशको पर्यटनमा दैनिक रु१३ करोड घाटा व्यहोर्नुपरेको बताउनुभयो धराशायी व्यवसायलाई जोगाउन प्रदेश सरकारले व्यवसाय जीवन रक्षा कोषलाई चाँडैकार्यान्वयनमा ल्याउने उहाँले बताउनुभयो

नेपाल पर्यटक यातायात व्यवसायी सङ्घ गण्डकी प्रदेशका अध्यक्ष बोबरजङ्ग गुरुङले पर्यटक सवारीको आयु २० वर्ष निर्धारणगरिनु व्यावहारिक नभएको तर्क गर्दै राम्रो व्यवस्थापन एवं हेरविचार गरी सञ्चालनमा आएका सवारी साधन ३०३५ वर्षसम्म पनि राम्रोअवस्थामा रहने दाबी गर्नुभयो पर्यटन बजार खुले पनि अझै पर्यटकीयस्थल नखोलिनु व्यावहारिक नभएको बताउँदै अध्यक्ष गुरुङलेसङ्घले पर्यटन बजारमा सकारात्मक सन्देश प्रवाह गर्ने लक्ष्यका साथ यही मङ्सिर २२ गतेदेखि स्याङ्जा, पाल्पा, बुटवल, नवलपुर, चितवनलगायत स्थानमा प्रवद्र्धनात्मक भ्रमण गर्न लागेको जानकारी दिनुभयो

नेपाल पर्यटक यातायात व्यवसायी सङ्घका केन्द्रीय अध्यक्ष रामहरि शर्माले सरकारले कोरोनाका कारण समस्यामा परेकाव्यवसायीलाई टिकाउने खालका कार्यक्रम ल्याउनुपर्ने तथा मौद्रिक नीतिले साना तथा मझौला व्यवसायीलाई समेट्नुपर्ने भनाइ राख्नुभयो

कार्यक्रममा नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रमुख काशीराज भण्डारी, पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुरभट्टराईलगायतले कोरोना कहरसँगै पोखरासहित समग्र देशकै तहसनहस पर्यटनलाई पूर्ववत् अवस्थामा फर्काउनुपर्ने आवश्यकतामा जोडदिनुभयो पोखरामा पर्यटन यातायात समितिका नाममा विसं २०५७ मा सातजना व्यवसायी मिलेर सङ्गठित बन्दै गएको संस्था हालनेपाल पर्यटक यातायात व्यवसायी सङ्घका नाममा रहेको यसमा ८६ व्यवसायी आबद्ध भएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो    

sp sp

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago