Categories: समाज

भक्तपुरको ऐतिहासिक रानीपोखरी पुनःनिर्माणसम्बन्धी प्रतिवेदन तयार

भादगाउँ। भक्तपुरको ऐतिहासिक रानीपोखरीको पुनःनिर्माणसम्बन्धी प्रतिवेदन तयार भएको भक्तपुर नगरपालिका, सल्लाघारीस्थितऐतिहासिक रानीपोखरी पुनःनिर्माणका लागि नगरपालिकाले संस्कृतिविद् एवं इतिहासविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठको संयोजकत्वमारानीपोखरी अध्ययन समिति गठन गरेको थियो

 

समितिले रानीपोखरीको ऐतिहासिक पक्ष, पोखरीको मौलिक

फोटो फाईल

स्वरूपलगायतका सबै पक्षको अध्ययन गरी प्रतिवेदन तयार गरेकोबताइएको सोही समिति प्रतिवेदनको आधारमा नगरपालिकाले पोखरीको पुनःनिर्माण गरिरहेको समितिले सो प्रतिवेदनबुधबार भक्तपुर नगरपालिकालाई हस्तान्तरण गरेको

सो अवसरमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरका सम्पदाको ऐतिहासिक दस्ताबेजीकरण गर्ने ढङ्गले सम्पदापुनःनिर्माण तथा जीर्णोद्धार कार्यलाई तीव्रता दिइरहेको बताउनुभयो   नेपाली सेनासँग समन्वय सहकार्य गर्दै भक्तपुरको ऐतिहासिकरानीपोखरी पुनःनिर्माणलगायत सार्वजनिक सम्पत्ति संरक्षणको कार्यलाई अगाडि बढाइएको ”, नगरप्रमुख प्रजापतिले भन्नुभयो, “काठमाडौँको रानीपोखरी पुनःनिर्माणमा पनि भक्तपुरले प्राविधिक तथा आवश्यक कालिगड सहयोग गरेको हो

नगरप्रमुख प्रजापतिले भक्तपुरको सार्वजनिक सम्पत्तिलाई जनताको साझा सम्पत्तिको रूपमा ग्रहण गर्ने उद्देश्यले नगरपालिका अगाडिबढिरहेको बताउनुभयो उहाँले भक्तपुरको इतिहासलाई जीवित बनाउने कार्यमा पनि जोड दिइरहेको बताउनुभयो

नगर उपप्रमुख रजनी जोशीले जनप्रतिनिधिको बहालीपश्चात् लामो समयदेखि जीर्ण रहेको भक्तपुरको रानीपोखरीको संरक्षण गरीपुनःनिर्माण कार्यलाई अगाडि बढाइएको बताउनुभयो रानीपोखरी पुनःनिर्माणका क्रममा विभिन्न अध्ययन अनुसन्धान भएको सोबाटनयाँ तथ्य प्रमाणसमेत प्राप्त भएको बताउँदै उहाँले रानीपोखरी अध्ययन समिति कार्यदलप्रति धन्यवाद दिनुभयो

पुरातत्व विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्कीले काठमाडौँ उपत्यकाका सम्पदा विस्तारै मासिँदै हराउँदै गएको समयमाभक्तपुर नगरपालिकाले यहाँका मूर्त अमूर्त सम्पदालाई मौलिक शैलीमा पुनःनिर्माण गर्ने कार्य प्रशंसनीय भएको बताउनुभयो

उहाँले सम्पदा पुनःनिर्माण जीर्णोद्धार गर्ने क्रममा त्यसको मौलिक स्वरूप कायम गर्नु महत्वपूर्ण भएको बताउँदै उपत्यकाकापोखरीबारे अध्ययन अनुसन्धान गर्नुपर्ने पोखरी वरिपरिको सौन्दर्य वातावरणमैत्री हुने ढङ्गले निर्माण गरिनुपर्ने आवश्यकताऔँल्याउनुभयो

रानीपोखरी अध्ययन समिति कार्यदलका संयोजक प्रा डा श्रेष्ठले कान्तिपुरको रानीपोखरी निर्माणभन्दा ४० वर्ष अगाडि बनेकोभक्तपुरको रानीपोखरीको पुरातात्विक नामन्हु पुखुरहेको जानकारी दिनुभयो रानीपोखरीको ऐतिहासिक महत्वमाथि प्रष्ट पार्दै प्रा डाश्रेष्ठले पाँच महिनाको छोटो समयावधिमा भक्तपुरको रानीपोखरीको निर्माण भएको इतिहास त्यहाँ अवस्थित शिलालेखबाट थाहा हुनआएको बताउनुभयो

भक्तपुर नगरपालिका सम्पदा शाखाका आर्किटेक्ट सरिता धुख्वाले ऐतिहासिक रानीपोखरीबारे थ्रिडी प्रस्तुतीकरण देखाउनुभएकोथियो उक्त थ्रिडीको प्रस्तुतीकरण कार्यदलका सदस्य सचिव रामगोविन्द श्रेष्ठले गर्नुभएको थियो

sp sp

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago