फोटो फाईल
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई नियन्त्रणमा लिइएको घटनाको भत्र्सनागर्दै कांग्रेसको धैर्यतालाई कमजोरी नठान्न चेतावनी दिएका छन् । तनहुँमा हिजो वरिष्ठ नेता पौडेललाई प्रहरीले नियन्त्रणमा लिइनुसत्ताको चरम दुरुपयोग भएको पनि उनले बताएका छन् ।
तत्काल पौडेललाई रिहाई गर्न र कांग्रेस नेता, कार्यकर्तामाथिको धरपकड तत्काल बन्द गर्न पनि महामन्त्री कोइरालाले चेतावनी दिएकाछन् ।
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा नियन्त्रणमा लिइनु निन्दनीय र घोर भत्र्सनायोग्य छ । लोकतान्त्रिक मूल्यमान्यतामैप्रश्न उठ्ने गरि भएको यस्तो कार्यको जति निन्दा गरेपनि कम हुन्छ । कांग्रेस वरिष्ठ नेता पौडेलले पुलको उद्घाटन गर्ने पूर्व निर्धारितकार्यक्रम विथोल्ने गरि निषेधाज्ञा जारी गर्नु सत्ताको चरम दुरुपयोग हो,” उनले भनेका छन्, “कुनै राजनीतिक दलका नेतालाई कार्यक्रममैजान रोक लगाउनुले सरकारको तानाशाही प्रवृत्ति प्रष्ट भएको छ । लोकतन्त्रका लागि अनवरत लडेको नेपाली कांग्रेसले यस्ता गलतकार्यबाट विचलित नहुने र यस्ता अतिवादी कार्यको डटेर सामना गर्ने छ । कांग्रेसका नेता, कार्यककर्तामाथि सत्ताको चरम दुरुपयोग गर्दैकसैले दमनको सपना देखेको छ भने त्यो दिवास्वप्न मात्र हुनेछ । कांग्रेसको धैर्यतालाई कसैले कमजोरी नठानोस् ।”
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…