सुदूरपश्चिम। धनगढी उपमहानगरपालिकाको जुगेडास्थित प्रहरी पोष्टका प्रहरी सहायक निरीक्षक र प्रहरी जवान हत्याको अभियोगमा पक्राउ परेकाआठ जनालाई पुर्पक्षका लागि कैलाली कारागार चलान गरिएको छ ।
जिल्ला अदालत कैलालीमा भएको थुनछेक बहसपछि पक्राउ परेकालाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयकाप्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले जानकारी दिनुभयो ।
हत्या आरोपमा पक्राउ परेका धनगढी उपमहानगरपालिका– १० का राजेन्द्र राना, पर्कु भन्ने रोहित राना, गब्बर भन्ने राजकुमार राना, सुरेश राना, रामनिवास राना, टल्लु भन्ने दलराम राना, गोपाल भन्ने रामगोपाल राना र रोहित राना रहेका छन् । गएको कात्तिक १ गतेरातिको समयमा सीमा क्षेत्रमा गस्ती गरिरहेको अवस्थामा बेपत्ता भएका उक्त पोष्टका प्रसनी गोविन्द विक र प्रज रामबहादुर साउदकोहत्या गरिएको थियो । बेपत्ता प्रहरीको खोजी गर्दै जाँदा जुगेडा नजिकैको नेपाल–भारत सीमा क्षेत्रको मोहना नदीमा हत्या गरिएकोअवस्थामा दुवै जनाको शव फेला परेको थियो । सीमा क्षेत्रमा भइरहेको मटरको तस्करी नियन्त्रण गर्ने क्रममा प्रहरीको हत्या गरिएकोथियो ।
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…