३६ सञ्चारमाध्यमसँग प्रेस काउन्सिलद्वारा स्पष्टीकरण माग ।

काठमाडौं , चैत्र १९ , प्रेस काउन्सिल नेपालले यही चैत १० देखि १७ गतेसम्मको अवधिमा कोरोना रोगजनित घटनाक्रमको रिपोर्टिङ क्रममा पत्रकार आचारसंहिता उल्लंघन गर्ने ३६ सञ्चारमाध्यमसँग स्पष्टीकरण मागेको छ ।

अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका २०७३, पहिलो संशोधन २०७४ बमोजिम दर्ता–सूचीकरण नभएका १७ वेबपोर्टलले अफवाह फैलाउने किसिमको सामग्री निरन्तर सम्प्रेषण गरेको गुनासो र उजुरी आउनाका साथै अनुगमनबाट समेत सोको पुष्टि भएको जनाउँदै काउन्सिसले त्यस्ता वेबपोर्टललाई मात्र नेपालभित्र प्रकाशन–प्रसारण हुन नसक्ने व्यवस्था मिलाइएको बताएको छ । कोरोना भाइरस सङ्क्रमणसम्बन्धी समाचार प्रकाशन गरेकै भरमा केही अनलाइन सञ्चारमाध्यमलाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने गरी बन्द गराएको भन्ने प्रचारबाजीप्रति काउन्सिलले खण्डन गर्दै अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्दे्शिका,२०७३ को दफा ३,उपदफा (४) मा ‘दर्ता नभई अनलाइन सञ्चारमाध्यम सञ्चालन गर्न पाइनेछैन’ भन्ने उल्लेख गरेको छ । त्यसैगरी दफा १० को (क) मा नेपालको संविधान र प्रचलित कानूनबमोजिम प्रकाशन वा प्रसारण गर्न नहुने सामग्री र (ख) मा पत्रकार आचारसंहिता विपरीत सामग्री प्रकाशन–प्रसारण गर्न पाइने छैन भनिएको छ । त्यस्तै दफा १८ मा–दफा १० को विपरीत प्रकाशित वा प्रसारित सामग्री नेपालभित्र प्रकाशन वा प्रसारण हुन नसक्ने व्यवस्थाका लागि काउन्सिलले सम्बन्धित निकायमा लेखी पठाउन सक्नेछ र सोबमोजिम काउन्सिलबाट लेखिआएमा सम्बन्धित निकायले त्यस्तो सामाग्रीलाई नेपालभित्र प्रकाशन वा प्रसारण हुन नसक्ने गरी आवश्यक व्यवस्था गर्नुपर्नेछ ’भन्ने व्यवस्था छ । नेपाल पत्रकार महासंघसमेतको परामर्शमा जारी पत्रकार आचारसंहिता २०७३ (पहिलो सम्शोधन ०७६) को दफा ५ (१४) मा ‘पत्रकार तथा सञ्चार माध्यमले व्यक्तिको स्वास्थ्य, महामारीलगायत जनस्वास्थ्यसँग सरोकार रहने विषयसम्बन्धी सामग्री पाठक, स्रोता वा दर्शकमा उत्तेजना वा निराशा उत्पन्न हुने गरी अतिरञ्जित तवरमा कोहीकसैका बारेमा पनि सम्प्रेषण गर्न हुँदैन’ भन्ने प्रावधान छ ।

नेपालमा दर्ता वा सूचीकृत भएका दुई हजार १७९ अनलाइनको प्रकाशनमा कुनै पनि किसिमको रोक नलगाइएको जनाउँदै काउन्सिलले पटक–पटक पत्रकार आचारसंहिता पालनामा सचेत रहन, दर्ता एवं सूचीकरण नभएकाहरूको हकमा नियमानुसार दर्ता एवं सूचीकरणमा आउनसमेत आह्वान गरेको छ । सबै अनलाइन सञ्चारमाध्यमलाई बन्द गरिएको भन्ने भ्रम सिर्जना गर्न खोजिएको बताउँदै काउन्सिलले हल्लाको पछि नलाग्न र आमसञ्चारमाध्यम, सञ्चारकर्मी र सामाजिक सञ्जाल प्रयोगकर्तालाई संयमित हुँदै थप जिम्मेवारीका साथ तथ्यपरक र उत्साहवद्र्धक सामग्री सूचना सम्प्रेषणमा जुट्न पत्रकारलाई पुनःआग्रह गरेको छ ।

Bishawas Acharya

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago