Categories: समाज

बाग्लुङ समाजले बाग्लुङ ढोरपाटन बाढिपहीरो पिडीतको लागि गर्‍यो सहयोग ।

जापान । जापानमा रहेका  बाग्लुङगेहरुको संस्था बाग्लुङग समाज जापानले बाग्लुङ ढोरपाटन बाढिपहीरो पिडीतको लागि एघार लाख उन्तिस हजार छ सय बयानब्बे रुपया र जैमुनि पहिरो पिडीतलाई जापानी पचास हजार एन बलेवा सेवा समाज मार्फ़त हस्तांतरण सहयोग गरेको छ ।

बाग्लुङ जिल्लाको ढोरपाटन नगरपालिका- ९ बोबाङमा सेप्टेम्बर २ तारीख बुधबार राति आएको भिषण बर्षासँगै पहिरोबाट धेरै मानिसहरू घरबार बिहीन हुनुका साथै ठुलो मानविय क्षती हुन पुगेको थियो ।  यस दुखद घडीमा सहयोग गर्ने हेतुले निबर्तमान अध्यक्ष सिद्धार्थ श्रेष्ठ को अगुवाईमा सहयोग अभियान चलाईएको थियो ।

बाग्लुङग समाज जापानका नेपाल प्रतिनिधि सम्पन्न श्रेष्ठ मार्फत ढोरपाटन दैबी प्रकोप को खातामा जम्मा गराईएको हो । येति धेरै रकम जम्मा गर्न जापानबासी नेपालीहरुले गर्नुभएको सहयोगप्रती बाग्लुङग समाज जापानले धन्यवाद ज्ञापन गरेको छ ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago