नागोया नेपाल फेष्टिवलको तयारी पुरा , नेपाली बाटुले घर आकर्षण

 नागोयामा पहिलो पटक आयोजना हुन लागेको नेपाल फेष्टिवलको तयारी पुरा भएको आयोजकले बताएका छन् ।फेष्टिवलको लागी स्टल व्यवस्थापन , प्रचार- प्रसार लगाएतका सम्पूर्ण कार्य सम्पन्न भएको मूल समिति संयोजक पारश मणि पोखरेलले बताउनु भयो।
आउदो सनिवार र आईतवार नागोयाको साकामामा हुने फेष्टिवलमा आकर्षण २ तलाको नेपाली बाटुले घर रहेको पोखरेलको भनाई छ। जुन जापनिज र नेपाली सबैको लागी आकर्षण हुने बताइएको छ। सो बाहेक फेष्टिवलमा विभिन्न प्रकारका नेपाली झाँकीहरु प्रस्तुत गरिने साथै कलाकारहरु बाट वेजोड सांस्कृतिक कार्यक्रम गरिने बताइएको छ।
कार्यक्रममा नेपाली परम्परा अनुसारको विवाह , व्रतबन्ध , नेपाली फेसन सो , पंचेवाजा हेर्न सकिने एनआरएनए , नागोयाका संयोजक दिपक कार्कीले बताउनु भयो । नेपाली कला संस्कृति संगै नेपाली परिकारका साथ फेष्टिवलमा रम्न सकिने कार्की बताउनु हुन्छ । विभिन्न माध्यमबाट फेष्टिवल को प्रचार- प्रसार व्यापक पारिएको र यसबाट नेपाल भ्रमण वर्ष २०२० को लागी सपोट हुने फेष्टिवल प्रचार- प्रसार समितिका संयोजक एवं पत्रकार भवानी पन्तको भनाई छ ।
साथै विदेशमा बस्ने नेपालीहरुको संस्था एनआरएनए को अधिवेशन नजिकिए संगै जापान वाहिरबाट पनि एनआरएनए अभियानकर्मीहरुको यस फेष्टिवलमा उपस्थिती रहने विश्लेषण पन्तको छ । यस फेष्टिवल लाई जापनिज संचारमाध्यमहरुले पनि प्राथमिकताका साथ समाचार सप्रेशण गरेका छन्। यतिवेला नेपाल फेष्टिवलमा रम्न जापानिज तथा जापानमा रहेका नेपालीहरु आत्तुत रहेका छन्। फेष्टिवलको बारेका जापानभरिनै प्रचार- प्रसार व्यापक पारिए संगै फेष्टिवल हेर्न सवै आत्तुत रहेका हुन् ।
जापानकै कोमाकीसी मा भेटिएकी कोमरी सुकियामाले आफु फेष्टिवल हेर्न जान विदा मिलाई सकेको बताउनु हुन्छ । आफु दुई पटक नेपाल गई सकेको र नेपालको कला संस्कृति प्रति आफुलाई चाख लाग्ने गरेको उहाको भनाई छ । जापनिज संगै जापानमा रहेका विदेशी एवं नेपालीहरु फेष्टिवलमा रमाउन आत्तुर छन्।नागोया क्षेत्रमा अत्याधिक नेपाली विद्यार्थीहरु रहेको र फेष्टिवल सनिवार र आईतवार परेकोले सो दिन कलेज पनि विदा हुने हुदाँ अत्यधिक विध्यार्थी समावेश हुने बताइएको छ।
धेरै विध्यार्थीहरुले फेष्टिवलमा जानको लागी काममा विदा मिलाई सकेका नागोयामा जापनिज कलेज पढ्ने श्याम घिमिरेले बताउनुभयो । त्यस बाहेक नागोया क्षेत्रमा रोजगारी एवं विभिन्न पेशामा अत्याधिक नेपालीहरु रहेका छन् । आगामी जुन १५ तारिक जापानका लागी नेपाली राजदूत प्रतिभा राणाले फेष्टिवलको समुदघाटन गर्नु हुने छ। कार्यक्रमको आयोजकमा जापान स्थित नेपाली राजदुतावास र एनआरएनए , जापान रहेको छ भन्ने सह- आयोजकमा जापान स्थित विभिन्न संघसंस्थाहरू रहेका छन्।
Bishawas Acharya

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago