बाल अस्पताल खोल्दै डाक्टर भगवान कोइराला

वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर भगवान कोइराला नेपालमा बाल स्वास्थ्य उपचारमा बहुउपचार  अस्पताल स्थापनामा जुटनु भयको छ । जन्मेदेखि १८ वर्षमूनिका बालबालिकाको सबै रोग उपचारका निम्ति गैरनाफामूलक अस्पताल स्थापनाका गर्न कोइराला नेतृत्वको इन्स्टिच्युट जुटेको हो। लगानी आह्वान नगर्दै अहिले झन्डै एक करोड संकलन भइसकेको डाक्टर कोइरालाले बताए।

उनको नेतृत्वमा खुलेको काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थले सोमबार याक एन्ड यति होटलमा एक समारोहबीच बाल अस्पतालको अवधारणा सार्वजनिक गरेको हो।

‘नेपालमा बहुविशेषताको बाल रोग उपचारमा अस्पताल छैन, भएका अस्पतालमा तमाम उपचार सम्भव भएको छैन,’ डा. कोइरालाले भने, ‘यो अवधारणा कार्यान्वयन गर्नु मेरो चुनौती हो। यसमार्फत बाल उपचारमा क्रान्ति ल्याउन परेको छ।’

उनका अनुसार सुरूमा राजधानीमा सय शैयाको अस्पताल निर्माण प्रक्रिया थालिने छ। राजधानीमा अस्पताल सञ्चालनमा आएपछि सातै वटा प्रदेशमा कम्तीमा ५० शैयाको अस्पताल स्थापना गर्ने लक्ष्य राखिएको छ।

राजधानीमा अस्पतालका लागि ४० रोपनी जग्गा आवश्यक पर्ने जनाइएको छ। सो जग्गा सरकारबाट लिजमा लिने योजना छ।

यो अवधारणामा आशातित लगानी संकलन हुन सके सन् २०२२ सम्ममा गुणस्तरीय र बहुविशेषताको बाल अस्पताल सञ्चालन हुने कोइरालाले जानकारी दिए।

‘एक महिनाभित्र जग्गा उपलब्ध हुने गरी सरकारसँग कुरा राखेका छौं, प्रक्रियामा छ,’ डा. कोइरालाले भने, ‘हुन त यस्तो अस्पताल सरकारले नै निर्माण गर्नुपर्ने हो, तर कम्तीमा पन्ध्र वर्ष सरकारबाट यो सम्भव छैन।’

कोइरालाका अनुसार देश तथा विदेशमा रहेका नेपाली तथा शुभचिन्तकबाट सहयोग अपेक्षा गरिएको छ। जग्गाको टुंगो लागेपछि सहयोगका लागि आह्वान गरिने उनले बताए।

यस्तो अस्पताल साकार पार्न कम्तीमा दुई अर्ब रुपैयाँ आवश्यक पर्ने कोइरालाले बताए। कूल जनसंख्याको झन्डै ४० प्रतिशत जनसंख्या बालबालिकाको छ। नेपालमा मातृ शिशु मृत्युदरको दर घट्न पनि सकेको छैन।

‘नेपालमा मातृ शिशु मृत्युदर घटाउने लक्ष्य हो भने, गुणस्तरीय र उपचारमा दक्षता ल्याउनु पनि उद्देश्य हो,’ कोइरालाले भने, ‘रिटायर्ड जीवनको पन्ध्र बीस वर्ष बालबालिकाको उपचारमा बिताउँछु।’

नेपालका अधिकांश बालबालिकामा जन्मेदेखि नै कुनै न कुनै स्वास्थ्य समस्या रहेको कोइराला बताउँछन्। अपांगता, मुटु रोग, क्यान्सरजस्ता रोगबाट सानै उमेरमा नियन्त्रण गर्न सके नेपालमा स्वस्थ जनसंख्या बढ्ने उनको भनाइ छ।

इन्स्टिच्युटमा बुद्ध एयरका अध्यक्ष वीरेन्द्र बस्नेत, उद्योगी भवानी राणा, दीपक सापकोटा, डा. ज्योतिन्द्र शर्मालगायतको सात सदस्यीय समिति छ। यसले विभिन्न व्यक्ति र संस्थासँग अस्पताल सञ्चालनको लागि परामर्श गरिरहेको छ।

 

Sanjay poudyal

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago