नागोया नेपाल फेष्टिवलको तयारी पुरा , नेपाली बाटुले घर मुख्य आकर्षण

नागोयामा पहिलो पटक आयोजना हुन लागेको नेपाल फेष्टिवलको तयारी पुरा भएको आयोजकले बताएका छन् ।

फेष्टिवलको लागी स्टल व्यवस्थापन , प्रचार- प्रसार लगाएतका सम्पूर्ण कार्य सम्पन्न भएको मूल समिति संयोजक पारश मणि पोखरेलले बताउनु भयो। आउदो शानिबार र आईतवार नागोयाको साकामामा हुने फेष्टिवलमा आकर्षण २ तलाको नेपाली बाटुले घर रहेको पोखरेलको भनाई छ। जुन जापनिज र नेपाली सबैको लागी आकर्षण हुने बताइएको छ।

सो बाहेक फेष्टिवलमा विभिन्न प्रकारका नेपाली झाँकीहरु प्रस्तुत गरिने साथै कलाकारहरु बाट वेजोड सांस्कृतिक कार्यक्रम गरिने बताइएको छ। कार्यक्रममा नेपाली परम्परा अनुसारको विवाह , व्रतबन्ध , नेपाली फेसन सो , पंचेवाजा हेर्न सकिने एनआरएनए , नागोयाका संयोजक दिपक कार्कीले बताउनु भयो । नेपाली कला संस्कृति संगै नेपाली परिकारका साथ फेष्टिवलमा रम्न सकिने कार्की बताउनु हुन्छ ।

विभिन्न माध्यमबाट फेष्टिवल को प्रचार- प्रसार व्यापक पारिएको र यसबाट नेपाल भ्रमण वर्ष २०२० को लागी सपोट हुने फेष्टिवल प्रचार- प्रसार समितिका संयोजक एवं पत्रकार भवानी पन्तको भनाई छ । साथै विदेशमा बस्ने नेपालीहरुको संस्था एनआरएनए को अधिवेशन नजिकिए संगै जापान वाहिरबाट पनि एनआरएनए अभियानकर्मीहरुको यस फेष्टिवलमा उपस्थिती रहने विश्लेषण पन्तको छ । यस फेष्टिवल लाई जापनिज संचारमाध्यमहरुले पनि प्राथमिकताका साथ समाचार सप्रेशण गरेका छन्।

यतिवेला नेपाल फेष्टिवलमा रम्न जापानिज तथा जापानमा रहेका नेपालीहरु आत्तुत रहेका छन्। फेष्टिवलको बारेका जापानभरिनै प्रचार- प्रसार व्यापक पारिए संगै फेष्टिवल हेर्न सवै आत्तुत रहेका हुन् । जापानकै कोमाकीसी मा भेटिएकी कोमरी सुकियामाले आफु फेष्टिवल हेर्न जान विदा मिलाई सकेको बताउनु हुन्छ । आफु दुई पटक नेपाल गई सकेको र नेपालको कला संस्कृति प्रति आफुलाई चाख लाग्ने गरेको उहाको भनाई छ । जापनिज संगै जापानमा रहेका विदेशी एवं नेपालीहरु फेष्टिवलमा रमाउन आत्तुर छन्।नागोया क्षेत्रमा अत्याधिक नेपाली विद्यार्थीहरु रहेको र फेष्टिवल सनिवार र आईतवार परेकोले सो दिन कलेज पनि विदा हुने हुदाँ अत्यधिक विध्यार्थी समावेश हुने बताइएको छ। धेरै विध्यार्थीहरुले फेष्टिवलमा जानको लागी काममा विदा मिलाई सकेका नागोयामा जापनिज कलेज पढ्ने श्याम घिमिरेले बताउनुभयो । त्यस बाहेक नागोया क्षेत्रमा रोजगारी एवं विभिन्न पेशामा अत्याधिक नेपालीहरु रहेका छन् ।

आगामी जुन १५ तारिक जापानका लागी नेपाली राजदूत प्रतिभा राणाले फेष्टिवलको समुदघाटन गर्नु हुने छ। कार्यक्रमको आयोजकमा जापान स्थित नेपाली राजदुतावास र एनआरएनए , जापान रहेको छ भन्ने सह- आयोजकमा जापान स्थित विभिन्न संघसंस्थाहरू रहेका छन्।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago