कारागारका बन्दिलाइ पुस्तक बितरण

पाल्पा , २७ माघ । पुस्तक दिबसको अबसरमा नेपाल पुस्तक तथा स्टेसनरी ब्यबसायी महासंघ पाल्पाले जिल्ला कारागार तानसेन पाल्पाका बन्दीहरुलाई पुस्तक तथा खेलकुदका सामग्री बितरण गरेको छ। 

कार्यक्रममा ८१ थान पुस्तक २ थान बल २ थान चेस २ थान लुडो १ सेट ब्याट्मिन्टन र एक दर्जन कक बितरण गरिएको थियो। बितरण समारोहमा कार्यलय प्रमुख भक्तीसरा रानाले अन्य संघ संस्थामा सहयोगको लागि आग्रह गर्दा पनि पुस्तक सहयोग पाउन नसकेको तर पुस्तक ब्यबसायीहरुले अकस्मात गरेको सहयोगले आफू र आफ्नो कार्यालय निकै खुसी रहेको र  सहयोग गर्ने महासंघलाई धन्यवाद दिनुभएको थियो ।                                    

बि .स १९८३ सालमा स्थापना भएको कारागारमा ५६ जना महिला २ जना बालबालिका र २३३ जना पुरुष बन्दी रहेका छन। पुस्तक ब्यबसायी महासंघ पाँच नम्बर प्रदेशका कोषाध्यक्ष कमलराज तिमिल्सिनाले कार्यक्रमको बारेमा स्पष्ट पर्नु भएको थियो । जिल्ला शाखा सल्लाहकार नरेसचन्द्र भट्टराईले आगामी बर्ष पनि यो सहयोगलाई निरन्तरता दिने जानकारी गराउनु भयो । 

जिल्ला शाखा अध्यक्ष किसोर भट्टराईले अन्य पुस्तकहरु माग आए आफुहरु सहयोग गर्न जति बेला पनि  तयार रहेको बताउनुभयो । 

बन्दीको तर्फबाट राजु आचार्य र आशा दाहालले सधैको उपयोगी हुने पुस्तक आफुहरु को साथी जस्तै रहने धारण व्यक्त गर्नुभयो । कार्यक्रम जिल्ला शाखा अध्यक्ष किसोर भट्टराईको अध्यक्षतामा सम्पन्न भएको हो ।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago