बैंकहरुले व्याजदर नघटाए थप आन्दोलन गर्ने

नारायणप्रसाद कोइराला, भैरहवा, १९ माघ । उद्योग व्यापार संगठन रुपन्देहीले आज प्रत्रकार सम्मेलन गरी बैंकहरुले ब्याजदर नघटाए आगामि दिनमा थप आन्दोलन गर्ने जनाएको छ । 

बैंकहरुले मनोमानि ढंगबाट ब्याजदर बढाएको र यस्तो क्रियाकलाप नसच्चिए व्यापार व्यवसाय चलाउन नसकिने भनि उद्योगी व्यापरीहरुबाट गुनासो आएपछि आज पत्रकार सम्मेलनको आयोजना गरि कार्यक्रम पश्चात नेपाल राष्ट्रबैंक सिद्धार्थनगरका प्रमुख अशोककुमार पौडेललाई ज्ञापन पत्र बुझाईको छ । पत्रमा बैंकिङ् कालोबजारी बन्द गर्नु पर्ने र उद्योगी तथा व्यापारीहरुका लागि ८ प्रतिशत व्याजदर कायम हुनु पर्ने माग गरिएको छ । सो पत्र प्रमुख पौडेल मार्फत नेपाल राष्ट्र बैंक केन्द्रिय कार्यक्रलयमा समेत पठाइएको छ । हाल बाणिज्य तथा बिकास बैंकहरुले व्याजदरमा चर्को बृद्धि गरी १६.७५ प्रतिशत सम्म पुर्याएको उद्योग व्यापार संगठनका अध्यक्ष नारायणप्रसाद भण्डारीले जानकारी गराए । बैंकहरुले नाकाबन्दि, भुकम्प तथा अन्य समस्याको बेलामा समेत नाफा कमाउने गरेको गुनासो समेत भण्डारीले गरे । 

संगठनले आफ्नो विरोध कार्यक्रमहरु सार्वजनिक गर्दै भनेको छ । माघ २० गते रुपन्देही प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउने, २२ गते प्रदेश ५ का मुख्यमन्त्रिमार्फत प्रधानमन्त्रिलाई ज्ञापन पत्र बुझाउने र २५ गते उद्योगी व्यापारीहरु एकिकृति गरी राष्ट्र बैंक सिद्धार्थनगरमा शान्तिपुर्ण धर्ना दिने जनाईएको छ । यस पछि पनि माग सुनुवाई नभए उद्योग व्यावसाय बन्द गरि विभिन्न अन्य आन्दोलनको घोषणा गर्ने आवश्यक परे बन्द हडताल समेत गर्ने संगठनका अध्यक्ष भण्डारीले पत्रकार सम्मेलनमा जानकारी दिए । सो अवसरमा बोल्दै संगठनका बरिष्ठ उपाध्यक्ष गिरिसचन्त्र त्रिपाठीले बैंक व्याजदरको बृद्धि उद्योगी व्यवसायीहरुको मात्र नभएर आम सर्वसाधारणको समेत भएकोले यसमा सबैको साथ र सहयोग पुग्ने कुरामा विस्वस्त रहेको बताए । सोहि अवसरमा बोल्दै संगठनका महासचिव अनिलकुमार ज्ञवालीले बैंकहरुले आफ्ना शेयरधिनलाई ४० प्रतिशत सम्म बोनस् बाड्ने र सर्वसाधारण जनतालाई र उद्योगी व्यावसायीहरुलाई त्यसको चर्को मुल्य चुकाउनु पर्ने बाध्यता बनाउनु राम्रो कुरा नभएको र यसलाई सरकार, नेपाल राष्ट्र बैंक वा सम्बन्धित निकायले छिटो निकास दिनुपर्ने बताएका छन् ।

Bishawas Acharya

Recent Posts

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago

सुनसरी–१ मा हर्कराज राई (हर्क साम्पाङ) विजयी, मेयरबाट राजीनामा दिएर बने सांसद

सुनसरी — सुनसरी क्षेत्र नम्बर–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) प्रतिनिधिसभा…

56 years ago