कालीगण्डकी उपत्यका निर्माणका लागी अन्तरक्रिया कार्यक्रम सम्पन्

गोविन्द लामिछाने ,माघ १९ पाल्पा कालीगण्डकी सभ्यताको संरक्षण ,सम्बर्द्धन र बिकास गरी कालीगण्डकी नदि दायाँबायाँको राम्दी-देबघाट खण्डको निश्चित क्षेत्रलाई कालीगण्डकी उपत्यकाको रुपमा सम्बद्द स्थानीय तह हरु बिच अन्तरक्रिया पाल्पा जिल्लाको रामपुरमा भएको छ ।

कार्यक्रममा कालीगण्डकी दायाँबायाँका  संघीय सांसद  एबं स्थानीय तह का जनप्रतिनिधिको उपस्थिती  थियोे । कालीगण्डकी उपत्यका पाल्पा जिल्लाको रम्भा  गाउँपालीका को हुंगी देखि क्रमश पुर्ब रामपुर नगरपालिका ,निस्दी गाउँपालीका ,नवलपरासी (ब.सु.पुर्ब)बौद्दिकाली गाउँपालीका देखि बुलीङगटार गाउँपालिका सम्म र स्याङ्जा जिल्लाको गल्याङ न.पा.बाट पुर्ब  चापकोट नगरपालिका साथै तनहुँ जिल्लाको  घिरीङ्ग गाउँपालिका लाई हाल यस उपत्यकामा राखीएको र अवस्यकता अनुरुप कालीगण्डकी शिरदेखी देबघाटसम्म  बिस्तार गर्ने  सरोकार हरुले बताएका छन् । प्रस्तावित  ७५०.३८ बर्ग किलोमिटर क्षेत्र भित्र पर्ने यस उपत्यकामा पछिल्लो डाटा अनुसार १लाख ५२हजार जनसंख्या रहेको छ। 

कालीगण्डकी उपत्यका स्थापित हुन सकेमा काठमाडौ र पोखरा  उपत्यका पछिको उत्कृष्ट उपत्यका बन्न सक्ने बिज्ञहरुले बताइएको छ ।कालीगण्डकी करीडोर साढे पाँच अरबमा पिच हुने गरी ठेक्का भैसकेको छ भने सालिकराम करीडोर पनि निर्माणाधीन छ ।यस उपत्यका प्रवेशका लागी चौतर्फी १४ ओटा सडक संजाल निर्माणाधिन छन् भने कालीगण्डकी जलमार्ग पनि अध्ययन भएर संचालन हुन सक्ने रिपोर्ट आइसकेकोमा केहि स्थानमा जल यात्रा संचालनमा आएको छ ।कार्यक्रमका प्रमुख अतिथि पुर्ब सांसद टुकराज सिग्देलले भ्यालीको समृद्धि विविध कारणबस अपेक्षित नभएको तर ढिलो नभएको बताउनुभयो ।” बाहिरी आशाले मात्रै उपत्यका नबन्ने हुँदा राम्दी देखि देबघाट सम्मलाई अनिवार्य  एकीकृत गरी एकीकृत बिकास गर्न गुरु योजना बनाई लानुपर्ने सिग्देलले बताउनुभयो ।

कार्यक्रमका बिशिस्ट अतिथि गण्डकी प्रदेशका प्रदेश  सांसद बिस्नु लामिछानेले कालीगण्डकी उपत्यका निर्माणले यस क्षेत्रको बिकासको कोसेढुङ्गा बन्ने हुंदा उपत्यका निर्माणका निमित्त संघीय सरकारलाई घचघच्याउनु पर्ने बताउनु भयो । कालीगण्डकी उपत्यका बिकासको निमित्त अग्रज भुमिका बहन गर्न आफु प्रतिबद्ध रहेको बताउदै सांसद लामिछानेले कालि नदिको पानी ,सालिकग्राम को महत्त्वलाई अन्तरास्ट्रिय ब्यापार गर्नुपर्ने बताउनुभयो ।सांसद लामिछानेले अस्तित्वनै मेटीने गरी कालीगण्डकीको पानी डाइभर्सन गर्न नदिने समेत बताउनुभएको थियो  ।उहाँले पुर्बको बुलीङटार गाउँपालिका र गैंडाकोटको केही वडा संगै तनहुँको देबघाट पनि यस उपत्यकामा जोड्न सके अझ राम्रो हुने बताउनुभयो । बिशिस्ट अतिथी प्रदेश न ५ का प्रदेश सांसद युबराज खनालले कालीगण्डकी डाइभर्सनले कालीगण्डकीको अस्तित्व ,सुन्दरता र गण्डकी क्षेत्रको उपभोक्ता र पर्यावरण सन्तुलनमा हानी गर्न सक्ने र सम्बन्धित क्षेत्रको उपभोगमा नभई बाहिर जान नहुने बताउनु भयो । 

उपत्यका निर्माण गर्दा कृषि ,पर्यटन,यातायात  ,शिक्षा र स्वास्थ को समान  पहुँच हुने खालको योजना बनाउनु पर्ने खनालले बताउनु भएको थियो । कार्यक्रमको उदेश्यको बारेमा कार्यक्रमका संयोजक नेपाल सरकारका पुर्ब सचीव शान्त बहादुर श्रेष्ठले प्रष्ट पार्नु भएको थियोे ।कार्यक्रमका अध्यक्ष एबं  रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापाले यो कार्यक्रम सुरुवात मात्रै भएको र पहिलो सुरुवात रामपुर नगरपालिकाले गरेको बताउनु भयो ।अध्यक्ष थापाले सबैको सकारात्मक बिचार आएको हुँदा अब बिशेष गुरुयोजना बनाई सबै पालिकाको प्रतिनिधित्व हुनेगरी  समिति बनाई बिस्तृत अध्ययन साथ  उपत्यका निर्माणका निमित्त सबैको महत्वपूर्ण भुमिका रहने बताउनु भयो । क्षेत्रीयताको भाबनाले बिकास  साघुरीएर जाने हुँदा सबैले फराकिलो सोचका साथ अगाडी बढ्नुपर्ने थापाले बताउनुभयो ।

Bishawas Acharya

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago