Categories: समाचार

कांग्रेस जनावर होइन ,जनावरको राजा बाघ भएको र चानचुने सिकार नगर्ने कांग्रेस प्रबक्ता बिश्वप्रकास शर्मा

गोविन्द लामिछाने ,चितवन माघ २१ ।  नेपाली कांग्रेस चितवनको बिरोधसभालाई सम्बोधन गर्दै बिश्वप्रकास शर्माले कांग्रेसलाई जनावरसंग बारम्बार तुलना गर्ने प्रधानमन्त्री  ओलीले कांग्रेस बाघ भएको चिन्न नसकेको बताए । कांग्रेसले इतिहास देखी हालसम्म चानचुने सिकार नगरेको हुँदा अबको सिकार कम्युनिस्ट बन्न सक्ने समेत बताएका थिए ।

यो सुरुवात मात्रै भएको ,सरकार नसच्चिए जुनसुकै आन्दोलनमा जान सक्ने बताएका उनले कम्युनिस्टलाई भोट दिने सर्बसाधारण पनि पछुताएको बताए ।कुनै पनि नेपाली उत्तर कोरिया कामदारको लागी जान तयार नभएको उदाहरण दिदै उनले नेपालको लोकतान्त्रिक पद्धतिमा हुर्केको र बढेको कम्युनिस्ट त यति निर्दयी र कठोर छ भने के साच्चै कम्युनिस्ट शासनको कल्पना गर्नुभएको छ ?भनी जनता समक्ष प्रश्न समेत तेर्साएरका थिए ।

कम्युनिस्ट पुर्ब प्रधानमन्त्रीहरुले दिन नसकेको संविधान टेकेर मन्त्रालयमा चढेका कम्युनिस्टलाई आज त्यही संविधान पिता सुशील कोइराला र जंगलमा भौतारीएका माओवादीलाई शान्ति प्रक्रिया बाट मुल राजनीतिमा ल्याउने गिरिजाप्रसाद कोइरालाको नामबाट खुल्न लागेको हस्पिटल आंखाको कसिङ्गर हुनु अत्यन्तै निन्दनीय भएको  शर्माले बताए ।

चितवनको गाउँगाउँबाट पार्टीका झन्डा बोकेर मुख्य शहर ओर्लिएका कांग्रेस नेता कार्यकर्तालाई नारायणगढको ब्यस्त शहर पुलचोकमा सम्बोधन गरेका शर्माले कांग्रेस बाध्य भएर जनता सामु ओर्लिएको बताए ।लोकतन्त्रमा वाक स्वतन्त्रता भएको र बिचारको कदर हुनुपर्ने बताएका शर्माले चितवनको माओवादी मार्फत चितवनको संदेश ओली समक्ष पुगोस् भनेका थिए ।

Comments
Bishawas Acharya

Recent Posts

पत्रकार महासंघ झापा शाखाले २६ जना पत्रकारलाई पुरस्कार तथा सम्मान समर्पण

बिर्तामोड ।  बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…

54 years ago

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…

54 years ago

भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…

54 years ago

कालीगण्डकीमा निर्माणाधीन पुल

कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…

54 years ago

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक

टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…

54 years ago

लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…

54 years ago