कांग्रेस जनावर होइन ,जनावरको राजा बाघ भएको र चानचुने सिकार नगर्ने कांग्रेस प्रबक्ता बिश्वप्रकास शर्मा

गोविन्द लामिछाने ,चितवन माघ २१ ।  नेपाली कांग्रेस चितवनको बिरोधसभालाई सम्बोधन गर्दै बिश्वप्रकास शर्माले कांग्रेसलाई जनावरसंग बारम्बार तुलना गर्ने प्रधानमन्त्री  ओलीले कांग्रेस बाघ भएको चिन्न नसकेको बताए । कांग्रेसले इतिहास देखी हालसम्म चानचुने सिकार नगरेको हुँदा अबको सिकार कम्युनिस्ट बन्न सक्ने समेत बताएका थिए ।

यो सुरुवात मात्रै भएको ,सरकार नसच्चिए जुनसुकै आन्दोलनमा जान सक्ने बताएका उनले कम्युनिस्टलाई भोट दिने सर्बसाधारण पनि पछुताएको बताए ।कुनै पनि नेपाली उत्तर कोरिया कामदारको लागी जान तयार नभएको उदाहरण दिदै उनले नेपालको लोकतान्त्रिक पद्धतिमा हुर्केको र बढेको कम्युनिस्ट त यति निर्दयी र कठोर छ भने के साच्चै कम्युनिस्ट शासनको कल्पना गर्नुभएको छ ?भनी जनता समक्ष प्रश्न समेत तेर्साएरका थिए ।

कम्युनिस्ट पुर्ब प्रधानमन्त्रीहरुले दिन नसकेको संविधान टेकेर मन्त्रालयमा चढेका कम्युनिस्टलाई आज त्यही संविधान पिता सुशील कोइराला र जंगलमा भौतारीएका माओवादीलाई शान्ति प्रक्रिया बाट मुल राजनीतिमा ल्याउने गिरिजाप्रसाद कोइरालाको नामबाट खुल्न लागेको हस्पिटल आंखाको कसिङ्गर हुनु अत्यन्तै निन्दनीय भएको  शर्माले बताए ।

चितवनको गाउँगाउँबाट पार्टीका झन्डा बोकेर मुख्य शहर ओर्लिएका कांग्रेस नेता कार्यकर्तालाई नारायणगढको ब्यस्त शहर पुलचोकमा सम्बोधन गरेका शर्माले कांग्रेस बाध्य भएर जनता सामु ओर्लिएको बताए ।लोकतन्त्रमा वाक स्वतन्त्रता भएको र बिचारको कदर हुनुपर्ने बताएका शर्माले चितवनको माओवादी मार्फत चितवनको संदेश ओली समक्ष पुगोस् भनेका थिए ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago