भविन्द्र गौतम, पाल्पा १८, पौष , स्वरोजगारको माध्याम बाट स्थानीयको आर्थिक उन्नती गराउने उद्देश्यले दुई दिने च्याउ खेती तालिम सम्पन्न भएको छ । पुर्बखोला गाउपालिका वडा नं २ जल्पाले स्थानीय २१ जना कृषक लाई ब्यवसायिक च्याउ खेति तालिम दिएको हो ।
तालिम पछी किसानहरूलाई च्याउको बिउ गाउपालिकाले दिई ब्यवसायीक रूपमा च्याऊ उत्पादन गराइ बजारको बिस्तार गरि किसानको आथिॅक उनन्ती, पौष्टीक आहार र स्वरोजगार बन्न सक्ने अपेक्षा गाउपालिका ले लिएको पुर्बखोला गाउपालिका वडा नं २ का अध्यक्ष निर बहादुर सारूले बताए । तालिममा बिभिन्न किसीमका च्याऊको प्रकृति, खान हुने र नहुने च्याउको जानकारी, च्याऊ खेती गर्ने पराल काट्ने तरिका, पराल उमाल्ले र प्याकीङ गर्ने प्रबिधी, बीउ राख्ने प्रबिधी को बारमा सहभागी लाई जानकारी गराइएको अध्यक्ष सारु ले बताए । कृषि प्राबिधिक धन बहादुर वलिले दिएको प्रशिक्षण पछि तालिममा सहभागीको तर्फ बाट भिम बहादुर जर्घा र मिना सारूले तालिम वाट सिकेको सिपलाइ ब्यबहारमा उतारी ब्यवसायिक रुपमा च्याउ उत्पादन गर्ने प्रतिबद्धता जनाएका छ्न । ब्यवासायिक च्याउ खेतीको तालिम पुर्बखोला गाउँपालिकाका सबै वडाहरुमा सन्चालन भएको छ ।
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…